• Home
  • समाचार
  • प्याब्सन वीरगञ्जको टी–१० क्रिकेटमा चार खेल सम्पन्न
Image

प्याब्सन वीरगञ्जको टी–१० क्रिकेटमा चार खेल सम्पन्न

वीरगञ्ज – निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ अन्तर्गत बिहीबार चार खेल सम्पन्न भएका छन् ।

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो खेलमा लिटल फ्लावर स्कूलले गोल्डेन फ्युचर स्कूललाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । ८ ओभरमा खेलाइएको खेलमा गोल्डेन फ्युचरले दिएको २३ रनको लक्ष्य लिटल फ्लावरले २५ रन बनाउँदै पूरा गर्‍यो ।

दोस्रो खेलमा विकन स्कूलले प्रस्तुत गरेको ४९ रनको लक्ष्य सेन्ट जेभियर विद्यालयले ५० रन बनाएर सफलतापूर्वक पछ्याउँदै जीत हात पारेको छ । तेस्रो खेलमा नवदीप स्कूलले दिएको ३८ रनको लक्ष्य ज्ञान वाटिका विद्यालयले पछ्याउँदै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको छ ।

त्यसैगरी अन्तिम खेलमा कालिकामाई स्कूलले चिल्ड्रेन वर्ल्डलाई पराजित गर्दै जित निकालेको छ ।

विद्यालयस्तरका छात्रा तथा जुनियर छात्रलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद प्रतिभा विकास गर्न सहयोग पुग्ने आयोजकहरूको भनाइ छ । दर्शक तथा स्थानीयवासीहरूले यस्ता खेलकुद प्रतियोगिता भविष्यमा पनि निरन्तर आयोजना हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *