• Home
  • समाचार
  • प्याब्सन पर्साद्वारा वीरगञ्जमा अन्तरस्कुल आर्ट तथा ह्यान्डराइटिङ प्रतियोगिता शुक्रबार हुँदै
Image

प्याब्सन पर्साद्वारा वीरगञ्जमा अन्तरस्कुल आर्ट तथा ह्यान्डराइटिङ प्रतियोगिता शुक्रबार हुँदै

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले शुक्रबार अन्तरस्कुल आर्ट तथा ह्यान्डराइटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पर्सा जिल्लाका प्याब्सनसँग आबद्ध ३५ वटा निजी विद्यालयका ४०० भन्दा बढी विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुने भएका छन् । प्रतियोगिता वीरगञ्जस्थित राणीसती मन्दिर धर्मशालामा बिहान १० बजेदेखि सुरु हुने प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए ।

विद्यार्थीहरूमा कलात्मक सीपको विकास गर्दै राम्रो हस्तलेखनको महत्त्वबारे सचेत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सङ्ग्रौलाले बताए । उनले भने, “आजको डिजिटल युगमा पनि राम्रो हस्तलेखनको आफ्नै महत्त्व छ । यसले विद्यार्थीहरूको एकाग्रता र रचनात्मकता बढाउँछ । प्रतियोगिताले विद्यार्थीहरूमा लुकेको कलात्मक प्रतिभा उजागर गर्न मद्दत गर्नेछ ।”

प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन तथा समन्वयको जिम्मेवारी प्याब्सन पर्साका वरिष्ठ सदस्य तथा मुनलाइट स्कुलका संस्थापक सुशील केसीलाई दिइएको छ । केसीका अनुसार प्रतियोगिता समूहगत रूपमा सञ्चालन गरिने छ ।

आर्टतर्फ नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई ६ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ भने ह्यान्डराइटिङतर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई ४ समूहमा राखिएको छ ।

निष्पक्ष तथा तटस्थ मूल्याङ्कन सुनिश्चित गर्न काठमाडौँबाट विशेष निर्णायक मण्डल बोलाइएको केसीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहलाई मेडल, शिल्ड, प्रमाणपत्रलगायत आकर्षक पुरस्कार प्रदान गरिने छ ।

यस प्रतियोगिताले पर्सा जिल्लाका निजी विद्यालयहरूबिच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *