• Home
  • ताजा समाचार
  • शिक्षामन्त्री पुनको ओली कुटी’ व्यंग्य: ‘इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ
Image

शिक्षामन्त्री पुनको ओली कुटी’ व्यंग्य: ‘इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ

२१ मंसिर, काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावित निजी निवासको डिजाइनप्रति कडा व्यंग्य गरेका छन्।

केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य मात्रै बस्ने परिवारका लागि ‘बिलासी प्रकृतिको’ निवासको नक्सा तयार पारिएको भन्दै मन्त्री पुनले त्यसको डिजाइन गर्ने इञ्जिनियरलाई कारबाही हुनुपर्ने माग राखेका छन्।

फेसबुकमा लेखेको व्यंग्य

सामाजिक सञ्जाल फेसबुकमा ‘एकछिन रमाइलो’ भन्दै शिक्षामन्त्री पुनले व्यंग्यात्मक टिप्पणी लेखेका छन्।

“यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ । हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले । कहाँसम्मको लापरवाही हो यो ?”

नयाँ निवास ‘ओली कुटी’ को शिलान्यास

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बालकोटस्थित ओली निवासमा आगजनी भएपछि भक्तपुरको गुण्डुमा नयाँ निवास निर्माण कार्य सुरु गरिएको हो।

  • ओली कुटी‘ नाम दिइएको यो भवनको शिलान्यास मंसिर १८ गते ओली पत्नी राधिकाले गरेकी थिइन्।

  • बालकोट निवासमा क्षति पुगेपछि ओली हाल भक्तपुरको गुण्डुमै भाडाको घरमा बस्दै आएका छन्।

  • नयाँ भवन करिब एक रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार यो जग्गा गुण्डुवासीले उपलब्ध गराएका हुन्।

  • प्रस्तावित नयाँ भवनमा बैठक कक्षहरू, पुस्तकालय, ग्रीनहाउसकौसीखेती गर्ने सुविधा समेत रहने जनाइएको छ।


शिक्षामन्त्री पुनको यो व्यंग्यले ओलीको प्रस्तावित ‘ओली कुटी’ निवासको डिजाइनमाथि राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १६ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २१ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *