• Home
  • राजनीति
  • पर्सा–३ मा रुपेश पाण्डेको राजनीतिक सक्रियता तीव्र, उम्मेदवारीबारे स्थानीयको भरोसा बढ्दो
Image

पर्सा–३ मा रुपेश पाण्डेको राजनीतिक सक्रियता तीव्र, उम्मेदवारीबारे स्थानीयको भरोसा बढ्दो

वीरगंज — पर्सा क्षेत्र नम्बर ३ मा रुपेश पाण्डेको राजनीतिक सक्रियता तीव्र बन्दै गएको छ। प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने तयारीसहित पाण्डे पछिल्लो तीन वर्षदेखि गृहक्षेत्रमा निरन्तर जनसम्पर्क, गृहकार्य र सामाजिक अभियानमा संलग्न रहँदै आएका छन्। चुनाव नजिकिँदै जाँदा उनले शुभेच्छुक र मतदातासँगको भेटघाटलाई अझै गतिशील बनाएका छन्।

विद्यार्थी जीवनदेखि नै सामाजिक सेवा र राजनीतिप्रति रुचि राख्दै आएका पाण्डे करिब दुई दशकदेखि देश–विदेशका विभिन्न शहरमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन्। व्यवसायिक जीवनमै रहँदा विपन्न, दलित, असहाय तथा पीडित परिवारलाई सहयोग गर्दै आएका पाण्डेप्रति स्थानीयको विश्वास बढ्दो रहेको अगुवाहरू बताउँछन्।

पकहामैनपुर–२ निवासी पाण्डे नेकपा एमाले वा नेपाली कांग्रेसमध्ये कुनै एकबाट टिकट पाउने सम्भावना रहेको चर्चा छ, तर उनले अहिलेसम्म आधिकारिक रूपमा आफ्नो पार्टी स्पष्ट पारेका छैनन्। नेकपाका नेता माधव नेपालसँग निकटताका कारण नेकपाबाट पनि प्रतिस्पर्धामा आउने सम्भावना स्थानियले औंल्याएका छन्।

स्थानीयका अनुसार “हुनै बिरुवाको चिल्लो पात” जस्तै पाण्डेको प्रभाव क्षेत्र बढ्दै गएपछि प्रतिस्पर्धी नेताहरू चिन्तित बनेका छन्। सादा, हँसिलो र निडर स्वभावका पाण्डे आगामी प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको बताइन्छ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ४ दिन अगाडि

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ५ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ६ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ६ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *