• Home
  • समाचार
  • युथ सर्भ फाउन्डेसन र पाब्सन वीरगञ्जबीच ‘Run Together, Rise Together’ म्याराथन कार्यक्रमका लागि सम्झौता
Image

युथ सर्भ फाउन्डेसन र पाब्सन वीरगञ्जबीच ‘Run Together, Rise Together’ म्याराथन कार्यक्रमका लागि सम्झौता

वीरगञ्ज – युथ सर्भ फाउन्डेसन र पाब्सन वीरगञ्जबीच संयुक्त रूपमा ‘Run Together, Rise Together’ म्याराथन कार्यक्रम सफलतापूर्वक आयोजना गर्ने उद्देश्यले एक ऐतिहासिक सम्झौतासम्मति (MoU) सम्पन्न गरिएको छ। युवा सशक्तीकरण, स्वास्थ्यप्रतिको जागरूकता अभिवृद्धि र समुदायमा एकताको भावना मजबुत बनाउने साझा लक्ष्यसहित दुई संस्थाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्झौताअनुसार पाब्सन वीरगञ्जले आफ्नो नेटवर्कअन्तर्गतका निजी तथा बोर्डिङ विद्यालयमार्फत अधिकाधिक विद्यार्थीलाई म्याराथनमा सहभागी गराउनेछ। यसका माध्यमबाट कार्यक्रमलाई अझ व्यापक बनाउँदै समाजमा सकारात्मक प्रभाव विस्तार गर्ने दुवै पक्षको लक्ष्य छ।

सहकार्यबाट समुदायलाई स्वस्थ, संगठित र प्रेरित बनाउन सकिने विश्वास व्यक्त गर्दै दुवै संस्थाले म्याराथनलाई दीर्घकालीन सामाजिक अभियानका रूपमा अघि बढाउने तयारीसमेत जनाएको छ। “सँगै दौड, सँगै उठ” भन्ने मूल नारासहित सुरुआत हुने यो अभियानले सबै उमेर समूह र वर्गलाई एकताबद्ध भएर समृद्ध भविष्यतर्फ कदम चाल्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *