• Home
  • समाचार
  • सगरमाथा विद्यालयका कक्षा १० का विद्यार्थीद्वारा मानवसेवा आश्रममा खाद्यान्न सहयोग, सेवा–शिक्षा सहितको सामाजिक भ्रमण सम्पन्न
Image

सगरमाथा विद्यालयका कक्षा १० का विद्यार्थीद्वारा मानवसेवा आश्रममा खाद्यान्न सहयोग, सेवा–शिक्षा सहितको सामाजिक भ्रमण सम्पन्न

वीरगंज –  सगरमाथा विद्यालय मुर्ली–१२ का कक्षा १० का विद्यार्थीहरूले बुधबार मानवता र सामाजिक उत्तरदायित्वप्रति समर्पित एक महत्वपूर्ण सामाजिक भ्रमण सम्पन्न गरेका छन्। विद्यार्थीहरूले आफ्नो खाजाको पैसा बचत गरी मानवसेवा आश्रम, वीरगंज (पर्सा) का संरक्षित अभिभावकहरूका लागि खाद्यान्न सामग्री खरीद गरी सहयोग गरेका हुन्।

कार्यक्रममा विद्यालयका सञ्चालक तथा प्रमुख अतिथि जियालाल गुप्ता, को–अर्डिनेटर संजीव यादव तथा शिक्षिका मालती चौधरीको विशेष उपस्थिति रहेको थियो।

विद्यार्थीहरूले मानवसेवा आश्रममा बस्ने बेसहारा, वृद्धवृद्धा तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको अवस्था नजिकबाट अवलोकन गरे। उनीहरूले आश्रममा आश्रित अभिभावकहरूसँग प्रत्यक्ष संवाद गर्दै जीवनका संघर्ष, माया र सहानुभूतिको वास्तविक अर्थ बुझ्ने अवसर पाए।

यो भ्रमणले विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञान मात्र होइन, सामाजिक संवेदनशीलता, सेवा–भावना र मानवीय मूल्यहरूको गहिरो अनुभूति प्रदान गरेको विद्यालयले बताएको छ। विद्यालय परिवारका अनुसार, यस किसिमका गतिविधिले विद्यार्थीहरूमा उत्तरदायी नागरिक बन्ने प्रेरणा थप बलियो बनाउँछ।

मानवसेवा आश्रमका २४ घण्टा समर्पित सेवाकार्यप्रति विद्यालय परिवारले हार्दिक धन्यवाद व्यक्त गर्दै, समाजका सबै नागरिकलाई पनि एकपटक आश्रम अवलोकन गरी मानवताको सेवा महसुस गर्न आग्रह गरेको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *