• Home
  • समाचार
  • पर्सामा १५ लाख रुपैयाँको हुण्डीसहित एक व्यक्ति पक्राउ
Image

पर्सामा १५ लाख रुपैयाँको हुण्डीसहित एक व्यक्ति पक्राउ

वीरगंज – जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको १५ लाख रुपैयाँ बराबरको हुण्डी रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले पकाहाँ मैनपुर गाउँपालिका–१ धोरे चेकपोस्ट नजिकबाट रकम बरामद गरेको हो।

आइतबार दिउँसो करिब २:३० बजे चेकजाँचका क्रममा बिआर२२एएफ४१२६ नम्बरको मोटरसाइकलमा सवार पकाहाँ मैनपुर–१ का ३४ वर्षीय अवधेश पटेललाई रोकेर चेक गर्दा, मोटरसाइकलको लेगगार्डमा राखिएको ‘पंकज मसाला’ लेखिएको झोलाभित्र कालो प्लास्टिकमा बेरिएको अवस्थामा नगद फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको नगदमा १ हजार दरका ७९० थान, ५०० दरका १,३२१ थान, १०० दरका ५६९ थान, ५० दरका ५० थान र २० दरका ५ थान गरी जम्मा १५ लाख रुपैयाँ रहेको छ। नगदसँगै प्रयोग गरिएको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क) अनुसार हुण्डी कारोबारसम्बन्धी कसूरमा अवधेश पटेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *