• Home
  • समाचार
  • वीरगञ्जमा ‘एजुकाया इन्टरनेशनल’ शिक्षा परामर्श केन्द्रको भव्य उद्घाटन
Image

वीरगञ्जमा ‘एजुकाया इन्टरनेशनल’ शिक्षा परामर्श केन्द्रको भव्य उद्घाटन

वीरगञ्ज – पानीटंकी (प्रभु अस्पताल) नजिक अवस्थित एजुकाया इन्टरनेशनल प्रा. लि. शिक्षा परामर्श केन्द्रको भव्य उद्घाटन शुक्रबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो। दिउँसो ३ बजे सुरु भएको उद्घाटन समारोहमा कन्सल्टेन्सीका निर्देशक शेख अजहर, शेख अम्जद र अमन गुप्ताका मातृश्रीहरूको संयुक्त शुभहातबाट परामर्श केन्द्रको औपचारिक उद्घाटन गरिएको थियो।

उद्घाटन समारोहमा नेशनल प्याब्सनका अध्यक्ष जियालाल गुप्ता, प्याब्सन पर्साका अध्यक्ष राहुल श्रीवास्तव, G.H.P. School की प्रिन्सिपल रामी कौर, कदम्बरी एकेडेमीका प्रिन्सिपल दिपक तुलस्यान, डेसिमल कलेजका निर्देशक सन्नी दुबे सहित शहरका प्रतिष्ठित शैक्षिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अतिथिहरूले एजुकाया इन्टरनेशनल को स्थापना बिरगञ्जको शैक्षिक क्षेत्रमा नयाँ ऊर्जा बन्ने विश्वास व्यक्त गर्दै विद्यार्थीहरूले गुणस्तरीय, पारदर्शी र विश्वासिलो परामर्श सेवा प्राप्त गर्ने अपेक्षा व्यक्त गरे।

परामर्श केन्द्रले विदेश अध्ययन, करियर काउन्सेलिङ, भाषा कक्षा तथा अन्य शैक्षिक मार्गदर्शनका क्षेत्रमा दक्ष र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

समारोह सफल बनाउन सहयोग पुर्‍याउने सबै अतिथि, विद्यालय–कलेज प्रतिनिधि तथा शुभेच्छुकप्रति एजुकाया इन्टरनेशनल परिवार ले धन्यवाद व्यक्त गरेको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *