Trending

वीरगंजमा इन्टर–कलेज वाद–विवाद प्रतियोगिता सुरु, ग्लोबल बिजनेस कलेजबाट दुई विद्यार्थी फाइनलका लागि चयन

3.1kViews
9 Shares

वीरगंज — लायन्स क्लब बिरगंज परिवार, लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज मेट्रो सिटी, लायन्स क्लब बिरगंज फ्रेन्डजोन, लायन्स क्लब बिरगंज कुटुम्ब र लायन्स क्लब बिरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा इन्टर–कलेज वाद–विवाद प्रतियोगिता सुरु भएको छ। बिरगंजका १० वटा कलेजको सहभागितामा आयोजना गरिएको प्रतियोगिताबाट प्रत्येक कलेजका एक–एक विजेता फाइनल राउन्डका लागि छनोट गरिने जानकारी लायन्स क्लब बिरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेले दिएका छन्।

छनोट प्रतियोगिताअन्तर्गत आज ग्लोबल बिजनेस कलेजमा आयोजित वाद–विवाद प्रतिस्पर्धामा “सामाजिक सञ्जाल: उपयुक्त कि जञ्जाल ?” विषयमा ४ जना महिला र ४ जना पुरुष विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। सोमध्ये अनुस्का बस्नेत र बिनिता कुमारी विजेता घोषित हुँदै दुवै समूहबाट एक–एक जना विद्यार्थी फाइनल राउन्डका लागि छनोट भएका छन्।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साहले गरेकी थिइन्। प्रमुख अतिथि डिस्ट्रीक्ट एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना, विशिष्ट अतिथि डिस्ट्रीक्ट एक्ज्युटिभ–को–चिफ लायन अशोक कुमार बेरिवाल, लायन सन्दिप गुप्ता कानु, परिवार अध्यक्ष लायन नरोत्तम पाण्डे, मेट्रो सिटी अध्यक्ष लायन उमेश गुप्ता, कुटुम्ब अध्यक्ष लायन रचना प्याकुरेल, फ्रेन्डजोन अध्यक्ष लायन सर्वन साह, एक्सिलेन्स जोन चेयर पर्सन लायन मनोज उपाध्याय, मेट्रो सिटीका कोषाध्यक्ष लायन अन्कित चौरसिया, कलेजका डाइरेक्टर अशोक सराफ, नेपाली विभाग प्रमुख सन्दिप राज साहलगायतको उपस्थिति रहेको थियो।

उच्च विद्यार्थी सहभागितासहित सम्पन्न ग्लोबल बिजनेस कलेजको आजको छनोट प्रतियोगिता भव्य र अनुशासित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय