• Home
  • समाचार
  • एनप्याब्सन अध्यक्ष जियालाल गुप्ता वीरगंज नगर शिक्षा समितिको विशेष आमन्त्रित सदस्यमा मनोनीत
Image

एनप्याब्सन अध्यक्ष जियालाल गुप्ता वीरगंज नगर शिक्षा समितिको विशेष आमन्त्रित सदस्यमा मनोनीत

वीरगंज – एनप्याब्सन नगर कार्य समिति, वीरगंजका अध्यक्ष जियालाल गुप्तालाई वीरगंज महानगरपालिका नगर शिक्षा समितिको विशेष आमन्त्रित सदस्यमा मनोनयन गरिएको छ। महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले उनलाई १ वर्षका लागि यो पदमा मनोनयन गरेको हो।

नगर प्रमुख सिंहका अनुसार, निजी विद्यालय क्षेत्रबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका गुप्ताले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन्। उहाँको सक्रियता र अनुभवले नगरभित्रको शैक्षिक सुधारमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको उनले बताए।

महानगरपालिकाको शिक्षा नियमावली २०७४ को नियम २४(१)(ज) अनुसार विशेष आमन्त्रित सदस्यको रूपमा गुप्तालाई मनोनयन गरिएको हो। लामो समयदेखि एनप्याब्सन (NPABSON) संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका गुप्तालाई यो भूमिकाले थप जिम्मेवारी दिएको नगर प्रमुख सिंहको भनाइ छ।

नयाँ जिम्मेवारी पाएपछि अध्यक्ष गुप्ताले भने, “शिक्षा क्षेत्रमा अझ गुणस्तरीय सुधार ल्याउनेतर्फ म पूर्ण समर्पित रहँदै आफ्नो भूमिकाबाट जति सक्दो योगदान दिनेछु।” उनले वीरगंज महानगरपालिकाले विगत केही वर्षयता निजी तथा सामुदायिक विद्यालयबीच सहकार्यमा आधारित शिक्षा प्रणाली सुदृढीकरणमा दिएको ध्यानलाई प्रशंसा गर्दै आफ्नो मनोनयनले उक्त प्रयासलाई थप बल दिने विश्वास व्यक्त गरे।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *