• Home
  • समाचार
  • वीरगंज महानगर शिक्षा समितिमा अध्यक्ष श्रीवास्तव मनोनीत, मेयर सिंहद्वारा बधाई
Image

वीरगंज महानगर शिक्षा समितिमा अध्यक्ष श्रीवास्तव मनोनीत, मेयर सिंहद्वारा बधाई

वीरगंज — वीरगंज महानगरपालिकाको नगर शिक्षा समितिमा तीन नयाँ सदस्यहरू मनोनीत भएका छन्। महानगर शिक्षा नियमावली, २०७४ बमोजिम नगर कार्यपालिकाको २०८२ साल कात्तिक २४ गतेको निर्णयअनुसार यी नियुक्तिहरू गरिएको हुन्।

नगर शिक्षा समितिको सदस्य पदमा प्याब्सन नगर कार्य समिति, वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवलाई नियम २४(१)(च) अनुसार एक वर्षका लागि मनोनयन गरिएको छ।

त्यस्तै, आलोक कुमार चौरसिया र एनप्याब्सन नगर कार्य समिति, वीरगंजका अध्यक्ष जियालाल गुप्तालाई शिक्षा नियमावलीको नियम २४(१)(ज) अनुसार विशेष आमन्त्रित सदस्यका रूपमा एक वर्षका लागि मनोनयन गरिएको हो।

नयाँ मनोनीत सदस्यहरूलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गर्दै बधाई ज्ञापन गर्नुभएको छ। मेयर सिंहले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि र नीतिगत सुधारका लागि समितिको सक्रिय भूमिका अपेक्षा गरिएको बताउनुभयो।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *