वीरगंजमा ‘इयोर स्टाइल ब्युटि जोन’को दोस्रो शाखा सञ्चालनमा, जनमत पार्टी अध्यक्ष सरार्फद्वारा उद्घाटन
By Birgunj
६ महिना अगाडि
Comments: 0
वीरगंज — वीरगंज–६ माइस्थान पछाडिको कन्टिनेन्टल होटलको भुइँतलामा अत्याधुनिक सुविधा सम्पन्न इयोर स्टाइल ब्युटि जोनको दोस्रो शाखा एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। उक्त ब्युटि जोनको उद्घाटन जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले फिता काटी गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सरार्फले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु नै सबैभन्दा ठूलो समाजसेवा भएको उल्लेख गर्दै ब्युटि जोनका सञ्चालकहरूलाई धन्यवाद दिनुभयो। उहाँले युवाहरूले उद्यमशीलता अंगाल्दै आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
इयोर स्टाइल ब्युटि जोनकी सञ्चालिका अनु खड्काका अनुसार ब्युटि जोनमा तालिम प्राप्त कामदारद्वारा उच्चस्तरीय सेवा प्रदान गरिनेछ। ट्रेनर धिरेन्द्र ठाकुरले यस ब्युटि जोनमार्फत गुणस्तरीय सौन्दर्य सेवा साथै व्यावसायिक तालिमको सुविधा पनि उपलब्ध गराइने जानकारी दिनुभयो।
हालका लागि पाँच जना युवाले तत्काल रोजगार पाउने जानकारी दिँदै सञ्चालिकाले आगामी दिनमा सेवाको दायरा थप विस्तार गर्ने योजना रहेको बताइन्।
उद्घाटन समारोहमा मोडेल तथा अभिनेता युराज केशरी, नरेन्द्र ठाकुर, राजकुमारी सोनी लगायत दर्जनौं महिला–पुरुषहरूको सहभागिता रहेको थियो।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि