वीरगञ्जका नागरिकद्वारा प्रहरी निरीक्षक चौलागाईंलाई विशेष सम्मान
By Birgunj
६ महिना अगाडि
Comments: 0
वीरगञ्ज— वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंलाई शान्ति सुरक्षाको क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप एक विशेष नागरिक कार्यक्रममा सम्मान गरिएको छ।
विर्ता चोकमा आयोजित कार्यक्रममा नागरिक समाज, स्थानीय निकायका प्रतिनिधि तथा विभिन्न संघसंस्थाको संयुक्त पहलमा चौलागाईंलाई नागरिक अभिनन्दनपत्र, दोसल्ला ओढाइ तथा माला लगाएर सम्मान गरिएको हो।

विर्ता क्षेत्रमा शान्ति, सुरक्षा तथा अमन–चयन कायम राख्न प्रभावकारी भूमिका निर्वाह गरेका चौलागाईंको सेवाभाव र कार्यसम्पादनको खुलेर प्रशंसा गर्दै समाजसेवी तेज शमशेर जबरा, खेलप्रेमी तथा विद्यार्थीहरूले उनीप्रति कृतज्ञता व्यक्त गरेका थिए।
१३ महिनासम्म वडा प्रहरी प्रमुखको रूपमा सेवा दिएका चौलागाईं हालै प्रहरी प्रधान कार्यालय अन्तर्गतको अपराध अनुसन्धान महाशाखामा सरुवा भएका छन्। आइतबार उनी वीरगञ्जबाट नयाँ कार्यस्थलतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
समारोहका सहभागीहरूले चौलागाईंको इमान्दारिता, समर्पण र नेतृत्व क्षमताको सराहना गर्दै उनको भावी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि