• Home
  • समाचार
  • लिटिल बडी र सनसाइन स्कुलद्वारा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न
Image

लिटिल बडी र सनसाइन स्कुलद्वारा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–८, पानी ट्यांकी नजिक अवस्थित लिटिल बडी प्रि–स्कुल र सनसाइन इङ्ग्लिश बोर्डिङ स्कुलको संयुक्त आयोजनामा शुक्रबार एक दिने तनाव व्यवस्थापन तथा दुई हृदय ध्यान (Twin Hearts Meditation) कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा प्राणिक हिलर सृजना ढकालले प्रशिक्षण दिएकी थिइन्। उनले दुई हृदय ध्यान विधिलाई विश्वभर लोकप्रिय ध्यान प्रविधि भएको बताउँदै यसले मानसिक शान्ति, दया, माया र आत्मिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरिन्।

कार्यक्रमको विशेष समन्वय लिटिल बडी प्रि–स्कुल र सनसाइन स्कुलको व्यवस्थापन समितिले गरेका थिए। प्रशिक्षणमा सहभागी शिक्षक, कर्मचारी तथा अभिभावकहरूले ध्यान अभ्यासपछि मनको शान्ति, मानसिक स्थिरता र शारीरिक हल्कापन अनुभव गरेको प्रतिक्रिया दिएका थिए। एक सहभागी शिक्षकले भने, “पहिलो पटक यस्तो ध्यानमा सहभागी हुँदा नै शरीर हल्का र मन एकाग्र भएको महसुस भयो।”

कार्यक्रमको अवसरमा प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवले विद्यालयस्तरमै यस्ता अभ्यासहरू आवश्यक रहेको बताए। उनले विगतमा पनि यस्ता स्वास्थ्य उपयोगी कार्यक्रमहरूको आयोजना हुँदै आएको र आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका कोअर्डिनेटर डा. वासुदेवलाल कर्ण, दिल्ली पब्लिक स्कूलका कोअर्डिनेटर शसि कलवार, रेडियोलोजिस्ट डा. अक्षय द्विवेदी, साथै प्याब्सन वीरगञ्ज महानगरका पदाधिकारी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीप्रति आभार व्यक्त गर्दै आयोजक विद्यालयहरूले यस्ता सकारात्मक ऊर्जा प्रवाह गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *