For Youtvnepal long gif
  • Home
  • समाचार
  • वीरगंजमा सशस्त्र प्रहरीले भारतबाट ल्याइँदै गरेको ४ हजार प्रतिबन्धित कुखुराका चल्ला बरामद
Image

वीरगंजमा सशस्त्र प्रहरीले भारतबाट ल्याइँदै गरेको ४ हजार प्रतिबन्धित कुखुराका चल्ला बरामद

वीरगंज – सशस्त्र प्रहरीले वीरगंजमा अवैध रूपमा भारततर्फबाट ल्याइँदै गरेको ४ हजार बोईलर कुखुराका चल्ला बरामद गरेको छ। वीरगंज महानगरपालिका–१९ केहुनियास्थित सशस्त्र प्रहरी बल नं. १३ गणको मोबाइल टोलीले मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याइँदै गरेको चल्लालाई नियन्त्रणमा लिएको हो।

शुक्रबार बिहान करिब ६:०० बजे सशस्त्र प्रहरी सहायक निरीक्षक संजिव कुमार यादवको कमाण्डमा खटिएको सात जनाको टोलीले ना ४१ प ४२२ नम्बरको मोटरसाइकलमा लोड भएको चल्ला बरामद गरेको सशस्त्र प्रहरी बल नं. १३ गण, पर्साले जनाएको छ। उक्त चल्लाको अनुमानित मूल्य एक लाख रुपैयाँ रहेको छ।

बरामद कुखुराका चल्ला स्थानीय पत्रकार, जनप्रतिनिधि, नेपाल प्रहरी तथा पशु क्वारेन्टिनका प्रतिनिधिहरूको रोहबरमा गण परिसरभित्र खाडल खनी पुरेर नष्ट गरिएको छ। बरामद मोटरसाइकलको भन्सार बुझाउने प्रक्रिया भने अगाडि बढाइएको छ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले यसबारे जानकारी दिएका छन्।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १६ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १६ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *