• Home
  • समाचार
  • वीरगञ्ज–१५ मा लायन्स क्लबद्वारा हैजा रोगथाम तथा सरसफाइ जनचेतना कार्यक्रम सम्पन्न
Image

वीरगञ्ज–१५ मा लायन्स क्लबद्वारा हैजा रोगथाम तथा सरसफाइ जनचेतना कार्यक्रम सम्पन्न

वीरगञ्ज – लायन्स क्लब अफ बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब अफ बिरगंज परिवार तथा लायन्स क्लब अफ बिरगंज प्रभुको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका–१५ नम्बर वडामा हैजा रोगथाम र सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साहले गर्नुभयो भने प्रमुख अतिथि वडा नं. १५ का अध्यक्ष रमेश यादव हुनुहुन्थ्यो। कार्यक्रममा परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, प्रभु क्लबका अध्यक्ष, विभिन्न समाजसेवी तथा लायन्स सदस्यहरूको विशेष उपस्थितिसहित सहभागिता थियो।

जनचेतनामूलक कार्यक्रमको औपचारिक सत्रपछि टोलीले घर–घरमा पुगेर हैजा तथा झाडापखालाबाट बच्ने तरिका, स्वच्छ खानेपानीको प्रयोग, हात धुने सही तरिका र सरसफाइका उपायबारे जानकारी गराएको थियो। साथै, साबुन र पम्पलेट स्थानीय बासिन्दामाझ वितरण गरिएको थियो।

कार्यक्रम सञ्चालन लायन कविता खड्काले गर्नुभएको थियो। लायन्स क्लबका पदाधिकारीहरूले हैजा नियन्त्रणका लागि नियमित सरसफाइ, शुद्ध पानीको प्रयोग, खुला फोहर व्यवस्थापन नगर्ने र सुरक्षित खानपान गर्ने जस्ता बानीलाई दैनिक जीवनमा अंगिकार गर्नुपर्नेमा जोड दिएका थिए।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *