वीरगञ्जमा हैजा नियन्त्रणका लागि लिटिल बड्डी प्री-स्कुलको जनचेतना अभियान
By Birgunj
८ महिना अगाडि
Comments: 0
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा फैलिरहेको हैजा नियन्त्रण र सचेतना अभिवृद्धिका उद्देश्यले लिटिल बड्डी प्री-स्कुलले विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार विद्यालयका शिक्षकहरूको टोलीले महानगरपालिका–८ का घर–घरमा पुगेर सरसफाइसम्बन्धी गतिविधि सञ्चालन गर्दै खानेपानी उमालेर पिउनु, साबुन पानीले हात धुने, सफा खाना खाने तथा वरिपरिको वातावरण स्वच्छ राख्ने जस्ता व्यवहारिक अभ्यासलाई प्रोत्साहन गरेका थिए।
हैजाको प्रकोपका कारण विद्यालय एक साताका लागि बन्द गरिएको भए पनि पुनः सञ्चालनसँगै जनचेतना अभियानलाई प्राथमिकता दिइएको विद्यालयका प्रिन्सिपल विजय कुमार बलले जानकारी दिए। उनले भने, “हैजा नियन्त्रणका लागि समुदायमा सचेतना फैलाउनु अत्यन्त जरुरी छ, र हाम्रो यो प्रयास निरन्तर रहनेछ।”
हाल वीरगञ्ज महानगरका वडा नम्बर ३, ११, १२ र १३ मा हैजा तीव्र रूपमा फैलिएको अवस्थामध्ये यस्ता जनचेतनामूलक कार्यक्रमले स्थानीय बासिन्दालाई रोकथामका उपायहरू अपनाउन प्रेरित गर्ने विद्यालयले विश्वास व्यक्त गरेको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि