• Home
  • समाचार
  • वीरगञ्जमा हैजा नियन्त्रणका लागि लिटिल बड्डी प्री-स्कुलको जनचेतना अभियान
Image

वीरगञ्जमा हैजा नियन्त्रणका लागि लिटिल बड्डी प्री-स्कुलको जनचेतना अभियान

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा फैलिरहेको हैजा नियन्त्रण र सचेतना अभिवृद्धिका उद्देश्यले लिटिल बड्डी प्री-स्कुलले विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार विद्यालयका शिक्षकहरूको टोलीले महानगरपालिका–८ का घर–घरमा पुगेर सरसफाइसम्बन्धी गतिविधि सञ्चालन गर्दै खानेपानी उमालेर पिउनु, साबुन पानीले हात धुने, सफा खाना खाने तथा वरिपरिको वातावरण स्वच्छ राख्ने जस्ता व्यवहारिक अभ्यासलाई प्रोत्साहन गरेका थिए।

हैजाको प्रकोपका कारण विद्यालय एक साताका लागि बन्द गरिएको भए पनि पुनः सञ्चालनसँगै जनचेतना अभियानलाई प्राथमिकता दिइएको विद्यालयका प्रिन्सिपल विजय कुमार बलले जानकारी दिए। उनले भने, “हैजा नियन्त्रणका लागि समुदायमा सचेतना फैलाउनु अत्यन्त जरुरी छ, र हाम्रो यो प्रयास निरन्तर रहनेछ।”

हाल वीरगञ्ज महानगरका वडा नम्बर ३, ११, १२ र १३ मा हैजा तीव्र रूपमा फैलिएको अवस्थामध्ये यस्ता जनचेतनामूलक कार्यक्रमले स्थानीय बासिन्दालाई रोकथामका उपायहरू अपनाउन प्रेरित गर्ने विद्यालयले विश्वास व्यक्त गरेको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *