बारा – प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पूर्वटोलबाट करिब ५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको असई राजहरण यादव नेतृत्वको टोलीले बिहीबार बिहान साढे ७ बजे पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बीआर–०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो । मोटरसाइकलको ट्याङ्की मुनी फल्स बटम (गुप्त कक्ष) बनाई लुकाइ–छिपाइ ल्याइएको उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाँजासहित जितपुरसिमरा–११ खेस्रोलका २० वर्षीय मुना यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले जानकारी दिए ।
















