For Youtvnepal long gif
  • Home
  • राजनीति
  • जनमत पार्टीले घोषणा गर्‍यो देशव्यापी समन्वय बैठक र प्रशिक्षण कार्यक्रम
Image

जनमत पार्टीले घोषणा गर्‍यो देशव्यापी समन्वय बैठक र प्रशिक्षण कार्यक्रम

वीरगञ्ज – जनमत पार्टीले संगठनलाई चुस्त र क्रियाशील बनाउन देशका विभिन्न जिल्लामा राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

पार्टी केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार कार्यक्रम भदौ ३० गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउतको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, पालिका र वडास्तरका अध्यक्ष तथा सचिव सहभागी हुनेछन् ।

तालिकाअनुसार पहिलो दिन बाँके र बर्दियामा बैठक हुनेछ भने त्यसपछि कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा कार्यक्रमहरू हुनेछन् । सहभागीहरूले कम्तीमा ३ पटक बैठक गरेको माइन्यूटको फोटोकपी अनिवार्य ल्याउनुपर्ने निर्देशन दिइएको छ । पार्टीले यस अभियानमार्फत सांगठनिक संरचना थप मजबुत हुने अपेक्षा गरेको जनाएको छ ।

Related Posts

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ३ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ४ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ४ महिना अगाडि

पर्सा क्षेत्र १ मा चुनावी दौड रोमाञ्चक : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै, काँग्रेस चुनावी दौड बाहिर

वीरगंज  – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १…

ByByBirgunj ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *