• Home
  • मनोरञ्न
  • ‘कोशेढुङ्गा’को विशेष प्रदर्शनी वीरगंजमा सम्पन्न, दर्शकद्वारा सकारात्मक प्रतिक्रिया
Image

‘कोशेढुङ्गा’को विशेष प्रदर्शनी वीरगंजमा सम्पन्न, दर्शकद्वारा सकारात्मक प्रतिक्रिया

वीरगंज – नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को विशेष प्रदर्शनी मंगलबार वीरगंजको क्यु एफ एक्स सिनेमा हलमा सम्पन्न भयो। चलचित्र पत्रकार संघ नेपाल पर्साको समन्वयमा आयोजना गरिएको प्रदर्शनीमा दर्शकले चलचित्रको विषयवस्तु र सन्देशको प्रशंसा गरेका छन्।

निर्देशक सरोज पौडेलको कथा र निर्देशनमा बनेको चलचित्रले युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने सन्देश दिएको छ। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, श्रीजंग गणका गणपति लोकेन्द्र कार्की, अनुसन्धान उपनिर्देशक सन्तोष ढुङ्गेल, शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछाने, महिला उद्यमी गुड्डी जोशीसहितले चलचित्रले समाजको यथार्थलाई सजीव ढंगले प्रस्तुत गरेको बताए।

सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, स्नेहा जोशीलगायत कलाकारको अभिनय रहेको चलचित्रलाई कार्यकारी निर्माता दिनेश खड्काले देशव्यापी रूपमा दर्शकले मनपराएको जनाए। चलचित्र प्रचारका लागि कलाकार टोली नेपालगञ्जबाट देशव्यापी यात्रामा रहेको छ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni १९ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ हप्ता अगाडि

रेनातादेखि दीपा सिटौलासम्म, पाँच प्रतिभाको शिरमा ‘ब्राइडल क्विन २०२६’को ताज

  काठमाडौं । नेपाली मौलिकता, संस्कृति, परम्परा र आधुनिक फेसनको अनुपम संगम बनेको ब्राइडल कउचर रनवे २०२६ –…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *