• Home
  • अन्तराष्ट्रिय खबर
  • स्विजरल्याण्डमा नेपाली–पोर्चुगीस् महिला समूहद्वारा तीजको सामूहिक दर खाने कार्यक्रम सम्पन्न
Image

स्विजरल्याण्डमा नेपाली–पोर्चुगीस् महिला समूहद्वारा तीजको सामूहिक दर खाने कार्यक्रम सम्पन्न

स्विजरल्याण्ड, उईन्दिस ।
नेपाली पोर्चुगीस् महिला समूह बुरुग् द्वारा यस वर्ष पनि हरितालिका तीजको अवसरमा सामूहिक दर खाने कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्विजरल्याण्डमा बसोबास गर्ने नेपाली दिदीबहिनी तथा विदेशी महिलाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख सह–आयोजक समाजसेवी तथा उद्यमी उस्मिता थापा हुनुहुन्थ्यो। उहाँ विगत केही वर्षदेखि स्विजरल्याण्डमा बसोबास गर्दै आउनुभएको छ। उहाँले परदेशमा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध मजबुत बनाउन र नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो सांस्कृतिक कार्यक्रम निरन्तर आयोजना हुँदै आएको जानकारी दिनुभयो।

दर खाने कार्यक्रमले नेपाली दिदीबहिनीबीच खुसी, मनोरञ्जन र एकताको माहोल सिर्जना मात्र नगरी नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजक समूहको भनाइ छ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १४ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १६ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *