समाजसेवी सरिता यादवद्वारा जन्मदिन वृद्धाआश्रममा मनाउँदै सामाजिक उत्तरदायित्व निर्वाह
By YOUTV Nepal
९ महिना अगाडि
Comments: 0
काठमाडौं, २०८२ साउन ५ – संविधानसभा सांसद तथा चर्चित समाजसेवी सरिता यादवज्यूले आफ्नो जन्मोत्सव विशेष ढंगले मनाउँदै सामाजिक भावनाको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको छ।
जन्मदिनको पावन अवसरमा उहाँले मुदिता सेवा गृह (वृद्धाआश्रम)मा बसोबास गरिरहेका जेष्ठ नागरिकहरूसँग बेलुकीको भोजनको व्यवस्था गर्दै, आत्मीयता र सेवा भाव प्रकट गर्नुभएको हो। उहाँले वृद्ध आमाबुबासँग समय बिताउनुका साथै उहाँहरूको आत्मसम्मान र माया जित्न सफल हुनु भएको छ।
यस अवसरमा उहाँलाई स्वास्थ्य, सुख, समृद्धि र सफलताको शुभकामना दिँदै परिवार, शुभचिन्तक तथा सामाजिक अभियन्ताहरूले सामाजिक सेवामा निरन्तर प्रगतिको कामना गरेका छन्।
समाज रुपान्तरणमा निरन्तर क्रियाशील सरिता यादवज्यूको यो कार्यले अरूलाई पनि समाजसेवामा प्रेरणा मिल्ने विश्वास लिइएको छ!!
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि