• Home
  • अन्तराष्ट्रिय खबर
  • अमेरिका फर्किएपछि डिस्ट्रिक्ट गभर्नर PMJF बालाराम भट्टराई र फर्स्ट लेडीलाई ३२५P ले गर्‍यो भव्य स्वागत
Image

अमेरिका फर्किएपछि डिस्ट्रिक्ट गभर्नर PMJF बालाराम भट्टराई र फर्स्ट लेडीलाई ३२५P ले गर्‍यो भव्य स्वागत

काठमाडौं –

अन्तर्राष्ट्रिय लायन्स सम्मेलन २०२५ मा सहभागिता जनाएर अमेरिका (Orlando) बाट स्वदेश फर्कनुभएका डिस्ट्रिक्ट ३२५P का आदरणीय गभर्नर PMJF बालाराम भट्टराई तथा फर्स्ट लेडी कल्पना भट्टराईलाई आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५P का पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूले भव्य स्वागत गरेका छन्।

विहान ठीक ९:१५ बजे गभर्नरज्यूको आगमनसँगै, विभिन्न क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। लायनहरूको जोशिलो नारा, स्वागत फूलमाला, तथा नेपाली परम्परागत शैलीमा गरिएको अभिनन्दनले स्वागत क्षणलाई स्मरणीय बनायो।

यसै अवसरमा, डिस्ट्रिक्ट ३२५P को केन्द्रीय कार्यालय, कलंकीमा बिहान ११:०० बजे विशेष स्वागत समारोहको आयोजना गरिएको थियो। कार्यक्रममा गभर्नरज्यू तथा फर्स्ट लेडीको अतुलनीय योगदानको चर्चा गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष, पूर्व पदाधिकारी, क्षेत्रीय संयोजक, जोन चेयरपर्सन, सदस्यहरू तथा लायन परिवारका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

“यो स्वागत केवल व्यक्तिको होइन, प्रेरणादायी नेतृत्वप्रतिको सम्मान हो,” एक क्लब अध्यक्षले प्रतिक्रिया दिएका थिए।

कार्यक्रमले लायन्स परिवारभित्र सहकार्य, एकता र प्रतिबद्धताको भावना अझ सुदृढ बनाएको महसुस गरिएको छ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni २ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *