• Home
  • जिवनशैली
  • हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त
Image

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौँ । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ  ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको छ ।

नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँ प्रडक्टका रुपमा प्रिमियम  बासमती चामल बजारमा ल्याएको हो ।  ‘जिआई राइस’ डायबेटिक बिरामीको लागि उपयुक्त हुने छ ।

लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अन्य बासमती चामलहरूको तुलनामा हाईलाइफ फूड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ ।

हाईलाइफ फूड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने, “प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध छ ।’’ उनका अनुसार हाईलाइफ प्रिमियम बासमती चामल स्वादिलो हुनुका साथै स्वास्थ्यवद्र्धक समेत छ ।

पछिल्लो समय हाईलाइफ फूड्सले विभिन्न उत्पादनमा जोड दिँदै आएको र व्यावसायिक दायरा विस्तार गरिरहेको छ । कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगार सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिँदै आएको छ । अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युगअनुकूल सेवा प्रणालीमार्फत उद्योगमा अग्रणी भूमिका खेल्ने हाईलाइफ फूड्सको लक्ष्य छ ।

गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम मापदण्डको पालना गर्ने जनाएको छ । उपभोक्ताको आवश्यकता र जीवनशैली अनुसार नवीन उत्पादन विकास, गुणस्तरमा सम्झौता नगरी सबैका लागि सुलभ उत्पादन उपलब्ध गराउने, सरोकारवालासँग पारस्परिक सम्मान र सहकार्य, इमानदारी तथा पारदर्शिता कम्पनीका मूल सिद्धान्त हुन् । दीर्घकालीन विश्वसनीयता र सुदृढ व्यवस्थापन क्षमतामा केन्द्रित रही कम्पनी अघि बढिरहेको छ ।

हाल हाईलाइफ प्रिमियम बासमती चामल देशभरका खुद्रा विक्रेता, सुपरमार्केट तथा अनलाइन प्लेटफर्महरूमा विभिन्न तौल र आकर्षक प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले गुणस्तर र मूल्यबीचको सन्तुलन कायम राख्ने कम्पनीको दाबी छ । हाईलाइफको चामल एक किलो,पाँच किलो र २० किलोमा बजारमा उपलब्ध हुने छ ।

हाईलाइफ फूड्स विगतदेखि नै चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसन र अन्य स्वास्थ्यकर खाद्य वस्तुहरूको उत्पादन तथा वितरण गर्दै आएको छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ६ दिन अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni १ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni १ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *