• Home
  • ताजा समाचार
  • प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका ६ जना अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भए
Image

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका ६ जना अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भए

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका ६ जना अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

दर्ज्यानी चिह्न प्राप्त गर्ने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा दान बहादुर कार्की, चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, राजन अधिकारी र डा. मनोज कुमार केसी रहेका छन्। समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापाले एआईजीहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना दिइन्।

समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले पदोन्नत भएका अधिकृतहरूलाई बधाई दिँदै राष्ट्र, जनता र संगठनप्रति पुर्‍याएको योगदान र कार्यकुशलताको मूल्याङ्कनका आधारमा पदोन्नति गरिएको स्पष्ट पारे। उनले नयाँ जिम्मेवारीप्रति निष्पक्षता, पारदर्शिता र सामूहिक भावनाका साथ उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए।

पदोन्नत अधिकृतहरूको तर्फबाट बोल्दै एआईजी चन्द्र कुबेर खापुङले संगठनको छवि उच्च बनाउन व्यावसायिक निष्ठा, इमानदारिता र लगनशीलताका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत र जवानहरूको उल्लेखनीय उपस्थिति थियो।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *