• Home
  • जिवनशैली
  • राजकिशोर यादवले तमु ल्होसार र ल्होछार पर्वले नेपालमा राष्ट्रिय एकता बलियो बनाउने विश्वास व्यक्त गरेका
Image

राजकिशोर यादवले तमु ल्होसार र ल्होछार पर्वले नेपालमा राष्ट्रिय एकता बलियो बनाउने विश्वास व्यक्त गरेका

काठमाडौँ, १५ पुष – जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्व मन्त्री तथा सिरहा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले तमु ल्होसार र ल्होछार पर्वले नेपालमा राष्ट्रिय एकता बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

गुरुङ समुदायको महत्वपूर्ण चाड तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “तमु ल्होसार केवल एक पर्व मात्र नभई, यो तमु समुदायसहित सम्पूर्ण नेपालीबीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भातृत्वलाई प्रगाढ बनाउने अवसर हो, जसले राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउँछ।”

यादवले यो पर्व नेपालमा तमु समुदायले नयाँ वर्षका रूपमा मनाउने मौलिक परम्परा र सांस्कृतिक महत्वको प्रतीक भएको बताउँदै भने, “यस पर्वले विविध जातजातिहरूबीच आपसी सम्मान र मेलमिलापलाई प्रोत्साहन गर्दै सामाजिक सद्भाव र राष्ट्रिय समृद्धिमा सकारात्मक योगदान पुर्याउँछ।”

उनले ल्होसार जस्ता चाडपर्वहरूले मात्र विविधतापूर्ण नेपाली समाजलाई एकता र सहकार्यको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरे।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ५ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ६ दिन अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni ७ दिन अगाडि

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

चितवन, २८ असाेज । प्रहरीले १३६ किलो ५०० ग्राम गाँजासहित चितवनकाे भरतपुर महानगरपालिका-२९, जुगेडीबाट ट्रक र चालकलाई नियन्त्रणमा…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *