• Home
  • जिवनशैली
  • राजकिशोर यादवले तमु ल्होसार र ल्होछार पर्वले नेपालमा राष्ट्रिय एकता बलियो बनाउने विश्वास व्यक्त गरेका
Image

राजकिशोर यादवले तमु ल्होसार र ल्होछार पर्वले नेपालमा राष्ट्रिय एकता बलियो बनाउने विश्वास व्यक्त गरेका

काठमाडौँ, १५ पुष – जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्व मन्त्री तथा सिरहा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले तमु ल्होसार र ल्होछार पर्वले नेपालमा राष्ट्रिय एकता बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

गुरुङ समुदायको महत्वपूर्ण चाड तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “तमु ल्होसार केवल एक पर्व मात्र नभई, यो तमु समुदायसहित सम्पूर्ण नेपालीबीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भातृत्वलाई प्रगाढ बनाउने अवसर हो, जसले राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउँछ।”

यादवले यो पर्व नेपालमा तमु समुदायले नयाँ वर्षका रूपमा मनाउने मौलिक परम्परा र सांस्कृतिक महत्वको प्रतीक भएको बताउँदै भने, “यस पर्वले विविध जातजातिहरूबीच आपसी सम्मान र मेलमिलापलाई प्रोत्साहन गर्दै सामाजिक सद्भाव र राष्ट्रिय समृद्धिमा सकारात्मक योगदान पुर्याउँछ।”

उनले ल्होसार जस्ता चाडपर्वहरूले मात्र विविधतापूर्ण नेपाली समाजलाई एकता र सहकार्यको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरे।

Related Posts

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १३ मिनेट अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *