• Home
  • जनजाति
  • भारतीय फिल्मी शैलीमा सांघातिक आक्रमण, ५ जनाविरुद्ध मुद्दा
Image

भारतीय फिल्मी शैलीमा सांघातिक आक्रमण, ५ जनाविरुद्ध मुद्दा

रौतहट। ३० असोज । रौतहटको कटहरिया बजारमा भारतीय फिल्मी शैलीमा ५ किलोमीटर टाढाको गाउँबाट दर्जन बढी मोटरसाईकलमा तीन तीनजना लाठी भाठा सहित आएर स्थानिय राकेश गिरी माथी सांघातिक आक्रमण गर्ने गिरोहलाई नेताहरुले बचाउने गरेको प्रयासमा असफल भएको छ।

 

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ५ जनालाई कारवाहीको दायरामा ल्याईएको छ। गत २७ गते आइतबार बिहान ९ बजे ३५ बर्षीय गिरी कटहरिया नगरपालिका भवन छेउको चिया पसलमा बसिरहेको रेकी गरेर वडा ८ पिप्रापोखरिया गाउँबाट झण्डै तीन दर्जनको संख्यामा आएका  मानिसहरूले सांघातिक आक्रमण गरेका थिए । सामान्य कुराको निहु पारेर अन्य गाउँबाट एकैपटक त्यत्रो ठूलो संख्यामा मानिसहरू आएर ज्यानै जाने गरी आक्रमण गर्नु कटहरिया बजारको ईतिहाँसमा पहिलो घटना भएको स्थानीय व्यापारीहरूले बताएका छन्।
कटहरिया ८ का वडा अध्यक्ष समिश बिक्रम साहको योजनामा दर्जनौंको संख्यामा आएका आक्रमणकारीहरू एक्कासी गिरी माथि दुङ्गाको बर्सात गरेको पीडित परिवारले बताएका छन्।

ढुङ्गा प्रहार बाट गिरीको टाउको फुटेपछि आक्रमणकारीहरुले  सँगै ल्याएको बाँसको लाठी भाठा, दाउराले तल खुटा देखि टाउको सम्म झण्डै १० मिनेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। गिरीलाई मर्नेगरी अन्धाधुन्ध कुटपिट गरिरहेको क्रममा छुट्याउन गाएकी चिया पसलकी साउनीलाई समेत उनीहरूले मरासन्न  र्नासन हुनेगरी कुटपिट गरेका थिए। यसरी आक्रमणकारीको अन्यायपूर्ण ब्यवहार हेरेर कटहरियाका युवाहरुको समुहले होहल्ला गरेपछि उनीहरु त्यहाँबाट भागेका थिए।

 

सांघातिक आक्रमण बाट गिरीको टाउको लगायत शरीरको प्रायः सम्पूर्ण ठाउँमा गहिरो चोटपटक लागेर बिरगंज स्थित एउटा निजी अस्पतालमा उपचार पछी हिजो साँझ घर आएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई शिवशंकर शर्माले बताएका छन्। त्यसैगरी चिया पसल साउनी ६० बर्षिया प्रेमज्योति साहको शरीरको धेरै ठाउँमा गहिरो चोटपटक लागेको र उपचार पछि उनी पनि घर फर्किसकेका सई शर्माले जानकारी दिएका छन्।

घटना पछी स्थानीयको सहयोगमा प्रहरीले ४ जना लाई पक्राउ गरेको छ। पिप्रापोखरिया गाउँका ७२ बर्षीय तेजिलाल यादव,३६ बर्षीय सिकिन्दर यादव र २८ बर्षीय परशुराम बिक्रम साह लाई घटनास्थल को केही दूरी बाट पक्राउ गरिएको थियो। त्यस्तै तेजिलालको छोरा ३५ बर्षीय जितेन्द्र यादवलाई घटनास्थल बाट २ किलोमीटर टाढा कटहरिया गाउँ छेउको बाँसको रुख माथि चढेर लुकिवसेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो।

 

 
पक्राउ परेका चारैजना हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रण मा रहेको डिएसपि राजन कार्की ले बताएका छन्। चारजना मध्ये दुईजना लाई पनि केही चोटपटक लागेको तथा उनीहरूको उपचार भईरहेको डिएसपी कार्कीले जानकारी दिएका छन्। कटहरिया बजारमा दुर्गा पूजाको अवसरमा आयोजित मेलामा सनिवार राती नाच भईरहेको थियो। सोही क्रममा वडा अध्यक्ष साहका काका प्रताप साहका छोरा पर्शु बिक्रम साह र जितेन्द्र यादव अत्यधिक मदिरा सेवन गरी पटकपटक नाचको स्टेजमा चढ्न खोज्दा त्यहाँ रहेका मेला समितिका युवाहरु संगै पीडित गिरीले उनीहरुलाई सामान्य हातपात गरी भगाएका भगाएको प्रत्यक्षदर्शी बिनोद साहले बताएका छन्। 

सोही बिषयमा वडा अध्यक्ष साह तथा उनका मानिसहरू कानुनी उपचार खोज्नुको साटो जंगली शैलीमा राति नै आएर गिरी माथि आक्रमण गर्न खोज्दा प्रहरीले उनीहरुलाई धपाएका थिए। तर पुनः भोलिपल्ट आएर गिरीमाथी पुनः आक्रमण गरेको थियो। वडा ५ का अध्यक्ष सर्फलाल प्रसादले केही जनप्रतिनिधि कटहरिया बजार माथि आफ्नो बर्चस्व कायम राख्न तथा स्थानिय ब्यापारी , तथा बिभिन्न दलका कार्यकर्ता लाई डराउन वडा अध्यक्ष लाई अघी सारेर षडयन्त्र पूर्ण तरिकाले यो दुःखद घटना गराएको दाबी गरेका छन्।
स्थानिय ब्यापारी तथा मेयर प्रत्याशी योगेन्द्र साहले सामान्य घटनालाई अतिरञ्जित बनाएर ज्यानै लिने गरी भएको सांघातिक हमलामा संलग्न माथी कडा कार्वाही हुनुपर्ने माग गरेका छन्। 

यसै बीच रौतहट स्थित नेपाली कांग्रेसका एकजना प्रतिनिधिसभा सदस्य, जसपाका एकजना बरिष्ठ नेता , एकजना मेयर लगायत केही नेताहरुले आक्रमणकारी लाई बचाउन प्रहरी प्रशासन संगै पीडित माथी दवाब दिएका थिए। प्रहरी र पीडित लाई कानुनी कारवाही तर्फ नगएर छलफल गरी दण्ड जरिबाना गरेर समस्या समाधान गरी दोषी लाई जोगाउन नेताहरुले चलखेल गरेको पीडित राकेश गिरीकी बहिनी मञ्जु गिरीले दुखेसो पोखेकी छिन्। यसैबीच पीडित राकेश गिरीले आफू छलफल र पञ्चायतमा नजाने बरु कानुनी कारवाहीको लागि मंगलवार ईलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दिएकाले प्रहरी प्रशासनले आफूलाई न्याय दिनमा विश्वस्त रहेको बताएका छन्।

जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आक्रमणमा संलग्न ५ जना माथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिएका छन्। घटनामा संलग्न केही मानिस नियन्त्रणमा रहेको तथा फरारको खोजी भईरहेको डिएसपी कार्कीले बताएका छन्।
 

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ३ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ३ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ५ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *