• Home
  • अर्थ
  • तेस्रो लगानी सम्मेलनः १२ वर्षमा साढे १२ खर्ब विदेशी लगानी स्विकृत
Image

तेस्रो लगानी सम्मेलनः १२ वर्षमा साढे १२ खर्ब विदेशी लगानी स्विकृत

काठमाडौं । आगामी वैशाख १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलनको आयोजना गरिँदैछ। लगानी बोर्डले भने पछिल्लो १२ वर्षमा नेपालमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरका विदेशी लगानी स्वीकृत गरिएको जनाएको छ । त्यसमध्ये ९ खर्ब लागतका परियोजनाका लागि १ खर्ब ३७ अर्ब रुपैयाँ विदेशी लगानी नेपालमा आइसकेको लगानी बोर्डको आँकडा रहेको छ ।

नेपालले पछिल्लो लगानी सम्मेलन आयोजना गरेको सन् २०१९ यता मात्रै पाँच खर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी स्वीकृत भएको जनाइएको छ । वैशाख १६ र १७ गते हुने सम्मेलनमा करिब १००० जनाभन्दा धेरै लगानीकर्ताहरूको सहभागिता हुने नेपालको अपेक्षा छ। सम्मेलनमा नेपालमा लगानीका लागि सम्भावित परियोजनाहरू पनि प्रस्तुत गर्न लागिएको बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले जानकारी दिए । “नेपालमा लगानी गर्नका लागि जो पनि आए हुन्छ। हाम्रोमा व्यवसाय गर्नका लागि अनुकूल वातावरण छ। लगानीका लागि पहिचान नभएका कैयौँ क्षेत्र छन् र नेपाल लगानीको राम्रो गन्तव्य हो भन्नका लागि पनि सम्मेलन गर्न लागिएको हो,” बोर्डका प्रवक्ता उपाध्याय भन्छन्।

नेपालले उद्योग, जलविद्युत्, सूचना प्रविधि र कृषिलाई लगानीका लागि सम्भाव्य क्षेत्रका रूपमा अघि सारेको छ । त्यसैगरि केही आयोजनाहरू परियोजना विकास सम्झौताकै लागि तयार गरिएको जनाएको छ । त्यसमा कपिलवस्तु र बाँकेमा सम्भाव्यता अध्ययन भएको २१ अर्ब बराबरको २५० मेगावाटको सौर्य ऊर्जा परियोजना, दमकको औद्योगिक क्षेत्रमा पूर्वाधारहरू स्थापना गर्ने, माथिल्लो मर्स्याङ्दी लगायतका ठूला जलविद्युत आयोजना तयारी अवस्थामा रहेको उपाध्याय बताउँछन् ।

त्यस बाहेकका केही निजी क्षेत्रका आयोजनाहरू र सरकारले अघि सारेका डेढ दर्जनभन्दा बढी आयोजनाहरू पनि सम्मेलनका क्रममा अघि सारिने लगानी बोर्डले जनाएको छ। नेपालले यसअघि सन् २०१७ र २०१९ मा आयोजना गरेका लगानी सम्मेलनहरूमा पनि प्रतिबद्धता अनुसार लगानी नआएको जानकारहरू बताउँछन्।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *