• Home
  • अर्थ
  • तेस्रो लगानी सम्मेलनः १२ वर्षमा साढे १२ खर्ब विदेशी लगानी स्विकृत
Image

तेस्रो लगानी सम्मेलनः १२ वर्षमा साढे १२ खर्ब विदेशी लगानी स्विकृत

काठमाडौं । आगामी वैशाख १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलनको आयोजना गरिँदैछ। लगानी बोर्डले भने पछिल्लो १२ वर्षमा नेपालमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरका विदेशी लगानी स्वीकृत गरिएको जनाएको छ । त्यसमध्ये ९ खर्ब लागतका परियोजनाका लागि १ खर्ब ३७ अर्ब रुपैयाँ विदेशी लगानी नेपालमा आइसकेको लगानी बोर्डको आँकडा रहेको छ ।

नेपालले पछिल्लो लगानी सम्मेलन आयोजना गरेको सन् २०१९ यता मात्रै पाँच खर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी स्वीकृत भएको जनाइएको छ । वैशाख १६ र १७ गते हुने सम्मेलनमा करिब १००० जनाभन्दा धेरै लगानीकर्ताहरूको सहभागिता हुने नेपालको अपेक्षा छ। सम्मेलनमा नेपालमा लगानीका लागि सम्भावित परियोजनाहरू पनि प्रस्तुत गर्न लागिएको बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले जानकारी दिए । “नेपालमा लगानी गर्नका लागि जो पनि आए हुन्छ। हाम्रोमा व्यवसाय गर्नका लागि अनुकूल वातावरण छ। लगानीका लागि पहिचान नभएका कैयौँ क्षेत्र छन् र नेपाल लगानीको राम्रो गन्तव्य हो भन्नका लागि पनि सम्मेलन गर्न लागिएको हो,” बोर्डका प्रवक्ता उपाध्याय भन्छन्।

नेपालले उद्योग, जलविद्युत्, सूचना प्रविधि र कृषिलाई लगानीका लागि सम्भाव्य क्षेत्रका रूपमा अघि सारेको छ । त्यसैगरि केही आयोजनाहरू परियोजना विकास सम्झौताकै लागि तयार गरिएको जनाएको छ । त्यसमा कपिलवस्तु र बाँकेमा सम्भाव्यता अध्ययन भएको २१ अर्ब बराबरको २५० मेगावाटको सौर्य ऊर्जा परियोजना, दमकको औद्योगिक क्षेत्रमा पूर्वाधारहरू स्थापना गर्ने, माथिल्लो मर्स्याङ्दी लगायतका ठूला जलविद्युत आयोजना तयारी अवस्थामा रहेको उपाध्याय बताउँछन् ।

त्यस बाहेकका केही निजी क्षेत्रका आयोजनाहरू र सरकारले अघि सारेका डेढ दर्जनभन्दा बढी आयोजनाहरू पनि सम्मेलनका क्रममा अघि सारिने लगानी बोर्डले जनाएको छ। नेपालले यसअघि सन् २०१७ र २०१९ मा आयोजना गरेका लगानी सम्मेलनहरूमा पनि प्रतिबद्धता अनुसार लगानी नआएको जानकारहरू बताउँछन्।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *