For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • मुस्लिमहरु को पवित्र महिना रमजानको अवसर मा वीरगन्ज महानगरपालिका ले आयाेजना गरेको संयुक्त इफ्तारी समारोह सम्पन्न
Image

मुस्लिमहरु को पवित्र महिना रमजानको अवसर मा वीरगन्ज महानगरपालिका ले आयाेजना गरेको संयुक्त इफ्तारी समारोह सम्पन्न

मुस्लिमहरु को पवित्र महिना रमजानको अवसर मा वीरगन्ज महानगरपालिका ले आयाेजना गरेको संयुक्त इफ्तारी समारोह सम्पन्न भएको छ । आपसी भाईचारा कायम राखन हेतु वीरगन्ज महानगरपालिकाले आयोजना गरेको इफ्तारी कार्यक्रम मा महानगरको ३२ वटै वडाका गरी करिब ५ हजार भन्दा बढी मुस्लिम धर्मावलम्बीहरु सहभागी भएका थिए ।शुक्रबार साँझ आयोजना गरिएको इफतारी कार्यक्रम मा सहभागी मुस्लिम धर्मावलम्बीहरुको लागि महानगरपालिकाले विभिन्न परिकारका साथै जलपान को बेवास्ता गरि रोजेदारहरु लाई रोजा खोलाएको थियो।त्यसअवसरमा वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह र बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलमले मुस्लिम धर्मावलम्बीहरुयको सबैभन्दा ठूलो पर्व रमजानको अवसर पारेर आयोजना गरिएको इफ्तारीमा सहभागि सबैलाई शुभकामना दिँदै धन्यवाद पनि ब्यक्त गरे का थिए भने एक अर्काकाे धर्म र पर्वप्रति सम्मान गर्दै आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न अनुरो समेत गरेका थिए।मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा महानगरपालिकाले गत वर्षदेखि रमजानमा संयुक्त इफतारी समाराेह आयाेजना गर्दै आएकाे छ। उप प्रमुख इम्तियाज आलम ले यसलाई आगामी बर्षपनि निरन्तरता दिने बताए ।
इफ्तारी समाराेहमा महानगरका प्रमुख राजेशमान सिंह उप प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई , विभिन्न वडाका वडाध्यक्षहरु,अन्य धर्मका अगुवा,महानगरपालिकाका कर्मचारी लगायतका हरु को सहभागिता रहेको थियो।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १६ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १६ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *