• Home
  • समाचार
  • त्रिशूलीमा खस्यो काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी , उद्दार कार्य जारी
Image

त्रिशूलीमा खस्यो काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी , उद्दार कार्य जारी

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ । आज बिहान इच्छाकामना गाउँपालिकाको ५ स्थित मुग्लिन बजार नजिकै नाग्दिखोलाबाट एक किलोमिटर कुरिनटारतर्फ केहीबेर अघि करिब ७ बजेतिर सडकबाट ट्याक्सी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार ट्याक्सीमा चालकसहित ५ जना यात्रु रहेको अनुमान गरिए पनि यकिन संख्या थाहा छैन । प्रहरीका अनुसार राजमार्गबाट ट्याक्सी करिब २ सय मिटर तल त्रिशुली नदीमा खसेको छ ।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको टोलीले घटनास्थलमा पुगेर ट्याक्सीमा सवार यात्रुहरूको खोजी थालेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *