For Youtvnepal long gif
  • Home
  • अर्थ
  • सातामा साढे १ प्रतिशतले घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो ?
Image

सातामा साढे १ प्रतिशतले घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो ?

काठमाडौं । यस साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २०८०.८७ विन्दुमा बन्द भएको नेप्से, यस साता १.५५ प्रतिशत अर्थात ३२.३० अंक घटेर २०४८.५७ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये एक कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने बाँकी चार कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। यस साताको दोस्रो कारोबार दिन अर्थात सोमबार, नेप्से ३.२७ अंक बढेर बन्द भएको थियो।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स १.१९ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ९२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ३ अर्ब ५४ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.५३ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ६.६२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १६.१८ प्रतिशत घटेको छ।

गत साताको तुलनामा यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.६९ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २२ अर्ब रुपैयाँ घटेर ३२ खर्ब ४८ अर्बमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८३ प्रतिशत बढेको छ। अंकका आधारमा पनि यसै उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता ३८६२.४२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४७.८३ अंक बढेर ४०१०.२५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता वित्त उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ भने विकास बैंकको ०.५७ प्रतिशत बढेको छ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.३९ प्रतिशत घटेको छ। गत साता ६९७९.०६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २३६.७९ अंक घटेर ६७४२.२७ विन्दुमा झरेको छ।

नेप्सेमा यस साता दुई कम्पनीको ५ करोड २४ लाख ५७ हजार ८५१ कित्ता शेयर सूचीकृत भएको छ। यस साता सर्वोत्तम सिमेन्टको आईपीओ र घोराही सिमेन्ट इण्डस्ट्रीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ४२.२२ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता पिपुल्स पावरको शेयरमूल्य करिब २२ प्रतिशत बढेको छ भने इन्फिनिटी लघुवित्त, गुराँस लघुवित्त र सप्तकोशी लघुवित्तको शेयरमूल्य १६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य यस साता सर्वाधिक १९.५३ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सर्वोत्तम सिमेन्ट, एचआईडिसीएल, इन्फिनिटी लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सुपर मादी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १७ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १७ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *