• Home
  • समाचार
  •  बागलुङ बस दुर्घटना अपडेटः सवारी धनी र चालकसहित ९ जनाको मृत्यु, सबैको सनाखत 
Image

 बागलुङ बस दुर्घटना अपडेटः सवारी धनी र चालकसहित ९ जनाको मृत्यु, सबैको सनाखत 

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्र्तगत् बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा परी घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका लागि अस्पताल पु¥याउने क्रममा ज्यान गएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालकसहित ३३ जना सवार रहेको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार रुकुम पश्चिमबाट सोमबार बिहान साढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रु बस साँझ ५ बजेर २० मिनेटमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम मुसिकोटका २७ वर्षीय विनिता केसी, सोही ठाउँका सवारीधनी बबी ददेल नेपाली, टिका केसी, मुसिकोटकै कल्पना केसी, चालक रोल्पाका मानसिंह विक, गोरखाकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकूम पूर्वका विक्रम परियारको मृत्यु भएको छ । दुर्घटनामा बस सडकदेखि १५० मिटर तल खसेको थियो । भिरमा खोँचमा परेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *