• Home
  • ताजा समाचार
  • सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन्
Image

सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन्

सिरहा, ५ चैत। सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन् गरी निजी बालुवा क्रसर उद्याेगहरुमा बिक्री गरेको पाइएको छ । जिल्लामा निमार्णकार्य चलिरहेको लगडीगदियानी–जमदह सडकको नाममा गागनखोलाबाट निकालिएको गिट्टीबालुवा निजी क्रसर उद्योगहरुमा बिक्री गरेको पाइएको हो।

सडक निर्माणमा आवश्यक सवबेशको लागि निकालिएको गिट्टी बालुवा बोकेको टिफर र ट्याक्टरहरु निमार्णकार्य चलिरहेको सडकमा नलगेर स्थानीय क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुमा बिक्री गरिरहेको स्थानीयहरु बताउँछन्। राष्ट्रिय गौरव योजनाको नाममा गागनबाट अनियन्त्रित उत्खनन गरी अवैध रुपमा स्थानीय क्रसरहरुमा बिक्री  गरे पनि स्थानिय जनप्रतिनिधि र प्रहरी प्रशासन मौन भएर बसेको स्थानीयहरुले आरोप लगाएका छन्।
राष्ट्रिय गौरव योजनाको नाममा तीनवटा स्काभेटर खोलामै उतारेर दिनदहाडै नदी दोहन गरिए पनि जिल्लाका सरोकारवाला निकाय मौन भएर बस्नुले सरोकारवाला निकायकै आर्थिक सेटिङमा अवैध उत्खनन भइरहेको पुष्टि हुन्छ।

गोलवजार नगरपालिकाले गत असोज १ गते देखि जेठ मसान्तसम्मका लागि जय शम्भु कन्सट्रक्सनलाई ७५ लाख ५१ हजार १ सय ११ रुपैयामा गागन नदी ठेक्कामा दिएको गोलबजार नगरपालिकाका राजस्व शाखा प्रमुख रामवृक्ष महतोले जनाएको छ ।

सडक निर्माणका लागि चाहिने नदीजन्य गिट्टी बालुवा आपूर्ति गर्ने उद्देश्यले नै गागन नदी ठेक्का लिएको सो कम्पनीका प्रतिनिधि दीपक कार्कीले बताए । कार्कीले बताएअनुसार ५० हजार घन मिटर अर्थात ५ देखि ६ हजार ट्रिपर गिट्टी बालुवा र बेसका लागि रोडा गागन नदीबाट झिक्नु पर्नेछ ।

गोलबजार नगरपालिकाले २ हजार ६ मिटर लम्बाई १ सय मिटर चौडाई र २ मिटर गहिराईसम्म स्काभेटर लगाएर खन्ने इजाजत दिएको छ । तोकिएको क्षेत्रफल उत्खनन् गर्दा करिव २ लाख घनमिटर नदीजन्य पदार्थ निस्कन्छ । लगडी गदियानी सडकमा ५० हजार घनमिटर मात्र आवश्यक पर्छ । जबकि खोलाको ठेक्का सम्झौता गर्दा स्काभेटर प्रयोग गर्ने शर्तनामामा उल्लेख छैन । सडकको नाम लगाएर जय सम्भु कन्सट्रक्सन कम्पनीले नदी दोहन गर्न लागेको छ ।

गागन नदीबाट बिहान सूर्योदयदेखि सूर्यास्तसम्म स्काभेटरले उत्खनन गरेर दैनिक २ सय ट्रिपर र ५ सय ट्याक्टर ग्राभेल निकाल्ने गरेको स्थानियहरु बताउँछन्।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni २ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *