• Home
  • ताजा समाचार
  • जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले धेरै सत्ता गठबन्धन फेरबदल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
Image

जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले धेरै सत्ता गठबन्धन फेरबदल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले धेरै सत्ता गठबन्धन फेरबदल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’rajkirajलाई चेतावनी दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा उनले गणपूरक र प्राविधिक रूपमा बहुमत पुर्‍याउन प्रधानमन्त्रीलाई विशवासको मत दिन आफूहरू तयार भएको बताए । तर, सधैँ बढी खेल्ने काम राम्रो नहुने उनले उल्लेख गरे ।

“इतिहास रच्ने अन्तिम क्षण हो । धेरै प्रयोग गर्ने मान्छे हुुनुहुन्छ, इनफ इज इनफ होला, त्यसो नगर्नु होला,” उनले भने ।

अघिल्लोपटक विश्वासको मत माग्दा प्रधानमन्त्रीमा जति दृढ, विश्वास, ओज देखिएको थियो, यसपटक नदेखिएको उनको भनाइ छ । उनले ‘आठबुँदे सम्झौता किन सात बुँदामा झारेको ?’ भनी प्रश्न गरे ।

उनले ‘सरकार बनेको हप्ता दिनभित्र तीन प्रमुख पद लिँदा मधेसको प्रतिनिधित्व खोइ ?’ भनी थप प्रश्न गरे । उनले भविष्य सधैँ एकै नहुने भन्दै यसरी गए हिसाब खोज्ने र त्यो अप्रिय हुन सक्ने चेतावनी दिए ।

सांसद यादवले अरू देशमा गठबन्धनमा आबद्ध दलका कारण सहकार्य तलमाथि पर्ने भए पनि नेपालमा प्रधानमन्त्री आफैँले ‘चहलपहल’ गर्ने अचम्मको अवस्था देखिएको टिप्पणी गरे ।

“चुनाव भएको १५ महिनाभित्रको तेस्रोपल्ट रोस्ट्रममा उभिएर विश्वासको मत माग्नुभएको छ । सहयात्रीहरू फेरिएको छ, तर प्रधानमन्त्रीचाहिँ विश्वासको मत पाउनुभएको छ,” उनले भने, “यहाँको कार्यकाल लामो कति होला, म यकिनसाथ भन्न सक्दिनँ । तर, आयु तपाईंकै हातमा छ । जनयुद्ध लडेको, अहिले उथलपुथल गर्दिन्छु भन्नुहुन्छ । सहयात्रीलाई थाहै हुँदैन । अरू देशमा सहयात्रीका कारण गठबन्धन धरापमा पर्छ, यहाँ त प्रधानमन्त्रीको कारण । त्यसैले यहाँको हातमा छ ।”

Source :- Bk

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *