• Home
  • राजनीति
  •  राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Image

 राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बोलाइएको छ ।

आइतबारको बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने पहिलो कार्यसूची छ। यस्तै, बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिने संघीय संसद सचिवालयले जनाएको छ ।

अध्यक्षले विषयगत समितिमा रहेका सदस्यहरुको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ । तर, सभाका अध्यक्षको पद रित्त रहेकाले उत्त कार्य उपाध्यक्ष उर्मिला अर्यालले गर्नेछिन् ।

यसअघि माघ २१ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक फागुन २९ गते अध्यक्षको चुनाव गर्ने र त्यसका लागि फागुन २७ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय तोक्ने कार्यसूची बनाएको थियो।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिएको छ  । राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भई नयाँ सदस्य चयन भएर आइसकेका छन् । अध्यक्ष पदका लागि नेकपा माओवादी र उपाध्यक्ष नेकपा एमालेले लिने गरी राजनीतिक सहमति भैसकेको छ । माओवादीले अध्यक्षको नाम आजै टुंग्याउने तयारी गरेको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि
2 Comments Text
  • 注册Binance says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.bh/register/person?ref=QCGZMHR6
  • "oppna binance-konto says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *