Trending

सानिमा बैंकको चाडपर्व विशेष योजना

1.9kViews
10 Shares

काठमाडौं । सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएको छ, संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ ।

 यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ । यो योजना फागुन २५, २०८० देखि लागू हुनेबताएको छ ।

 छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५, २०८० सम्म आवेदन दिनुपर्नेछ । साथै, घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि बैशाख ५, २०८१ सम्म आवेदन दिनुपर्नेछ ।उक्त कार्डका लागि ग्राहकहरुले सानिमा बैंकको आधिकारिक वेबसाइट https://icard.sanimabank.com वा सानिमा मोबाइल बैंकिङ्ग एप मार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सक्नेछन् ।

 सानिमा बंैकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । यसैगरी, सानिमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरुमा आकर्षक छुटको व्यवस्था मिलाएको छ । उक्त छुटको विस्तृत विवरण बुज्न चाहेमा बैंकको वेबसाइट https://www.sanimabank.com/digital- nking/products/cards/discount-outlet मा उपलब्ध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
36°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 39°C
Wind: 6km/h W
Humidity: 38%
Pressure: 1008.81mbar
UV index: 11
1 pm2 pm3 pm4 pm5 pm
37°C
38°C
38°C
38°C
37°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
43°C / 27°C
43°C / 28°C
43°C / 27°C

प्रिय न्युज


लोकप्रिय