• Home
  • समाचार
  • नेटो सेना रूससँग लडन आए आणविक युद्द हुने पुटिनको चेतावनी
Image

नेटो सेना रूससँग लडन आए आणविक युद्द हुने पुटिनको चेतावनी

काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले आणविक युद्दलाइ निम्ताउन खोजिरहेको आरोप लगाएका छन । एक सम्वोधनमा रूसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूलाई भने कि यदि उनीहरूले युक्रेनमा लड्न सेना पठाए भने उनीहरूले आणविक युद्धलाई उक्साउने जोखिममा छन् भनेर बुझ्नु पर्नेछ ।

 र, उनले आफनो सम्बोधनमार्फत यो चेतावनी पनि दिए कि मस्कोसँग पश्चिममा लक्ष्यहरू प्रहार गर्न हतियारहरू प्रशस्त मात्रामा रहेका  छन्।

युक्रेनसँगको जारी युद्धले सन् १९६२ को क्युवाली मिसाइल संकट पछि पश्चिमसँगको मस्कोको सम्बन्धमा सबैभन्दा खराब संकट निम्त्याएको पश्चिमा सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन । तर, पुटिनले त्यसको प्रतिबाद गर्ने जनाएका छन् ।

पुटिनले पहिले नै नेटो र रूस बीचको प्रत्यक्ष टकरावको खतराको बारेमा बोलेका थिए तर बिहीबारको आफनो भाषणामा भने उनले आणविक युद्दको चेतावनी दिए । जुन अहिलेसम्मकै सबैभन्दा सबैभन्दा स्पष्ट मध्ये एक मानिएको छ ।

 रूसी सांसदहरू र देशका कुलीन वर्गका अन्य सदस्यहरूलाई सम्बोधन गर्दै ७१ बर्षिया पुटिनले पश्चिमा देशले रूसलाई कमजोर पार्ने कोशिश गरिरहेको पनि आरोप लगाएका छन । उनले भने, ‘पश्चिमी नेताहरूले रूसको आन्तरिक मामिलामा उनीहरूको हस्तक्षेप कत्तिको खतरनाक हुन सक्छ भनेर अझै बुझेका छैनन ।’

 उनले आफ्नो आणविक चेतावनीलाई फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार युक्रेनमा भू–सेना पठाउने युरोपेली नेटो सदस्यहरूको विचारलाई विशेष सन्दर्भमा प्रस्तुत गरेका छन । फ्रान्सेली राष्ट्रपतिको सुझावलाई तत्काल संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत र अन्यले तुरुन्तै अस्वीकार गरेका थिए ।

 ‘पश्चिमी राष्ट्रहरूले यो बुझ्नुपर्छ कि हामीसँग पनि हतियारहरू छन्, जसले उनीहरूको भूमिमा लक्ष्यहरू प्रहार गर्न सक्छ। यी सबैले साँच्चै आणविक हतियारको प्रयोग र सभ्यताको विनाशको साथ द्वन्द्वलाई धम्की दिन्छन, के तिनीहरूले बुझ्दैनन् ?’ पुटिनले भने ।

 मार्च १५–१७ को राष्ट्रपति चुनाव अघि बोल्दै जब उनी अर्को ६ वर्षको कार्यकालको लागि पुनः निर्वाचित हुने निश्चित छन्, उनले रुसको विशाल आधुनिक आणविक हतियार संसारमा सबैभन्दा ठूलो भएको कुराको प्रशंसासमेत गरेका छन् ।

‘रणनीतिक आणविक शक्तिहरू पूर्ण तयारीको अवस्थामा छन्,’ उनले भने, ‘नयाँ पुस्ताका हाइपरसोनिक आणविक हतियारहरू पनि मौज्जादमा छन् ।’  जुन उनले २०१८ मा पहिलो पटक बोलेका जानकारी दिएका थिए कि ती हतियार तैनाथीमा राख्नका लागि विकास गरिएको र पुनः परीक्षण पूरा भइरहेको अवस्थामा छ ।

 स्पष्ट रूपमा क्रोधित पुटिनले पश्चिमी राजनीतिज्ञहरूलाई नाजी जर्मनीको एडोल्फ हिटलर र फ्रान्सका नेपोलियन बोनापार्ट जस्ता व्यक्तिहरूको भाग्य सम्झन सुझाव दिए, जसले विगतमा रूसमा असफल आक्रमण गरेका थिए। ‘तर, अब परिणाम धेरै दुखद हुनेछ,’

 ‘उनीहरूले यो युद्धलाइ एक कार्टुन हो भन्ने ठान्छन्,’ उनले अगाडी भने, ‘यदी त्यस्तो भए (नेटो सेना भिडन आएमा) पश्चिमा राजनीतिज्ञहरूले वास्तविक युद्धको अर्थ के हो भनेर सम्झने छन किनभने तीनले युद्द बिर्सेका छन ।’ उनले यो पनि आरोप लगाए पश्चिमाहरूले विगत तीन दशकमा रुसीहरूले जस्तो सुरक्षा चुनौतीहरूको सामना गरेका थिएनन्।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *