• Home
  • अर्थ
  • आज कुन देशको मुन्द्राको विनिमयदर कति ?
Image

आज कुन देशको मुन्द्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशीमुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ भने युरो र पाउण्डको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०५ पैसाले बढेको हो। बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसामा कारोबार भएको थियो।

बिहीबार युरोपियन युरोको एकको खरिददर १४१ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४२ रूपैयाँ ४७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ ०४ पैसाले बढेको हो। बुधबार यसको खरिददर १४२ रूपैयाँ ८६ पैसा र बिक्रीदर १४३ रूपैयाँ ५१ पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ ७० पैसाले घटेर एकको खरिददर १६६ रूपैयाँ २२ पैसा र बिक्रीदर १६६ रूपैयाँ ९८ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १६७ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७० पैसामा कारोबार भएको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रूपैयाँ २२ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ७० पैसा र बिक्रीदर २७ रूपैयाँ ८२ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ७६ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ७१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *