Image

विश्वको सबैभन्दा ठुलो रेल्वे स्टेशन, जहाँ ४४ ट्रेन एकैपटक रोकिन्छन्

काठमाडौं । आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं। अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। प्लेटफर्मको अधिकतम संख्याको हिसाबले यो संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। ग्राण्ड सेन्ट्रल टर्मिनलको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि लेखिएको छ ।

तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यस टर्मिनलमा जम्मा ४४ प्लेटफर्महरू छन्। अर्थात् यहाँ जम्मा ४४ वटा रेल एकै पटक उभिन सक्छन् । बाँकी विश्वमा यो सुविधा उपलब्ध भएको कुनै पनि रेलवे स्टेशन छैन। गिनिज वल्र्ड रेकर्डको रिपोर्टका अनुसार यो रेलवे स्टेशन सन् १९०३–१९१३ को बीचमा निर्माण भएको हो।

अमेरिकी समाचार संस्थाहरूका अनुसार यहाँबाट दैनिक १।२५ लाख यात्रु आउने जाने गर्दछन । यसको साथमा कुल ६६० ट्रेनहरू यस स्टेशनबाट गुज्र्छन्। ग्रान्ड सेन्ट्रल टर्मिनल कुल ४८ एकडमा फैलिएको छ। यति मात्र होइन, यस स्टेशनमा दुईवटा भूमिगत स्तरहरू छन्।

त्यहाँ एक खुफिया प्लेटफर्म पनि छ, जुन स्टेशनको छेाउमा वाल्डोर्फ अस्टोरिया होटेलको तल छ। वास्तवमा यो निर्माण गरिएको हो किनभने राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्ट एक ह्वीलचेयरमा यो खुफिया प्लेटफर्ममा होटेलबाट सीधै ओर्लेका थिए ताकि उनी जनता र मिडियाको सामना गर्नबाट बच्न सकून्।यस बाहेक यहाँ धेरै सुविधाहरू रहेको छन्, जुन आश्चर्यजनकले भरिएको छ।

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni ६ दिन अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *