Trending

मालीमा सुन खानी भत्कियोः मृत्यु हुनेको संख्या ७० पुग्यो

340Views
0 Shares

काठमाडौं । पश्चिम अफ्रिकाको मालीमा सुन खानी भत्किँए पछि अहिलेसम्म कम्तीमा ७० जनाको मृत्यु भएको छ । जहिले पनि खानी भत्किने खतरा रहेको क्षेत्रमा सो दुर्घटना भएको हो । मालीको खानी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दक्षिण पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा धेरै खानी कामदारको ज्यान गएको जनाएको थियो । यस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रालयले खानी मजदुरहरुलाई सुरक्षा मापदण्डहरु पालना गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता बे कौलिबालीले सुरक्षा मापदण्ड पूरा नगरी खानीमा काम गर्नेहरूले ग्यालरी खनेका कारण दुर्घटना भएको बताइएको छ । यसअघि पनि खानीमा काम गर्नेहरूलाई सुरक्षा मापदण्डलाई ध्यानमा राख्न धेरै पटक सल्लाह दिइएको छ। यसैबीच, माली सरकारले मृतकका परिवार र मालीका जनताप्रति गहिरो समवेदना प्रकट गरेको छ।

सरकारले खानी स्थल नजिकै बसोबास गर्ने समुदाय र सुन खानीमा काम गर्ने व्यक्तिहरूलाई इमानदारीपूर्वक सुरक्षा मापदण्डहरू पूरा गर्न अपील गरेको छ। यसका साथै तोकिएको क्षेत्रमा मात्रै उत्खनन गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Partly Cloudy
5:28 am7:01 pm +0545
Feels like: 28°C
Wind: 6km/h E
Humidity: 67%
Pressure: 1007.11mbar
UV index: 0
4 am5 am6 am7 am8 am
26°C
26°C
27°C
30°C
32°C
ThuFriSatSunMon
42°C / 25°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C
43°C / 27°C

प्रिय न्युज


लोकप्रिय