• Home
  • समाचार
  • संस्कति मन्त्री किराँतीको राजिनामा माग्दै आज संसद भवन घेराऊ गर्ने
Image

संस्कति मन्त्री किराँतीको राजिनामा माग्दै आज संसद भवन घेराऊ गर्ने

काठमाडौं । नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको राजिनामाको माग गर्दै संसद भवन घेराऊ गरिने भएको छ । मन्त्री किराँतीको राजिनामा माग गर्दै सनातन धर्मालम्बीहरुले आज दिउँसो १ बजे, संघीय संसद भवन, नयाँ बानेश्वर घेराउ गर्न लागेका हुन् ।

‘मरे बलिदान, बाँचे स्वाभिमान, सनातन संस्कृतिको रक्षा, हाम्रो अभियान’ भन्ने मुल नारासहित संसद भवन घेराउ गर्न लागिएको नेपाल सनातन धर्म–संस्कृति संगठनका संयोजक पुष्पराज पुरुषले जानकारी दिए ।

उनका अनुसार सनातन संस्कृतिको खुलेआम विरोध गर्दै अमुक पन्थको प्रबक्ता बनी प्रचार गरे पछि मन्त्री किराँतीलाई मन्त्रीपरिषद पदबाट बर्खास्त गराउन संसद भवन घेराउ गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।

मन्त्री किराँतीले केही दिन अघि ‘क्रिश्चियन धर्म नमान्ने संविधान बिरोधी हुन, संविधानको बिरोध गर्नेलाई जेल हाल्ने’ जस्ता गैर जिम्मेबार अभिब्यक्ति दिएका थिए । जसको अहिले चौतर्फी बिरोध भईरहेको छ । मुख्य गरी सनातन हिन्दु धर्मालम्बीहरुले उनको चर्को आलोचना गर्दै निरन्तर राजिनामाको माग गरिरहेका छन् ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *