Image

१५ न. वडामा ४५ सिलाइ कटाइ तालिम उद्घाटन ।

१५ न. वडामा ४५ सिलाइ कटाइ तालिम उद्घाटन
सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ ४५ दिने (९० घन्टे) सिलाइ कटाइ तालिम आज उद्घाटन भएको छ। बीरगंज महानगरपालिका १५न. वडा कार्यालयको सहयोग र सरिता सीप कला केन्द्र बीरगंजको आयोजनामा सो तालिम दिप प्रज्वलन गरी समुद्घाटन भएको हो ।तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष रमेश यादवले आफ्नो वडाका महिलाहरुको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुग्ने उदेश्यले तालिम आयोजना गरेको बताए। उनले भने घरमा महिलाहरु यतिकै बस्नुपरेको अवस्थामा सिपबाट घर ब्यवहारमा राहत होस् भन्ने योजना रहेकोले तालिमबाट सिकेका सीपलाइ ब्यवहारमा ल्याउन तथा घर परिबार समाजमा उपयोग गर्न वडा अध्यक्ष यादवले आग्रह गर्नु भएको थियो।तालिमको उद्घाटन समारोहमा वडा सचिव बिरेन्द्र साह ,महिला वडा सदस्य राजेश्वरी देवी , इन्द्र देवी सोनारी, दिपेन्द्र कुमार सोनार , उदय नारायण प्रसाद कुशवाहा, दिपक सुबेदी ,रामानन्द प्रसाद कुर्मी प्रशिक्षक सबिता शर्मा ,तुलसी शर्मासहायक प्रशिक्षकले प्रशिक्षण दिनुहुनेछ ।तालिममा ३० जना वडाका महिला सहभागीहरुको उपस्थिती रहेको थियो।सरिता सीप कला केन्द्र बीरगंजका अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको थियो।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *