Image

१५ न. वडामा ४५ सिलाइ कटाइ तालिम उद्घाटन ।

१५ न. वडामा ४५ सिलाइ कटाइ तालिम उद्घाटन
सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ ४५ दिने (९० घन्टे) सिलाइ कटाइ तालिम आज उद्घाटन भएको छ। बीरगंज महानगरपालिका १५न. वडा कार्यालयको सहयोग र सरिता सीप कला केन्द्र बीरगंजको आयोजनामा सो तालिम दिप प्रज्वलन गरी समुद्घाटन भएको हो ।तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष रमेश यादवले आफ्नो वडाका महिलाहरुको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुग्ने उदेश्यले तालिम आयोजना गरेको बताए। उनले भने घरमा महिलाहरु यतिकै बस्नुपरेको अवस्थामा सिपबाट घर ब्यवहारमा राहत होस् भन्ने योजना रहेकोले तालिमबाट सिकेका सीपलाइ ब्यवहारमा ल्याउन तथा घर परिबार समाजमा उपयोग गर्न वडा अध्यक्ष यादवले आग्रह गर्नु भएको थियो।तालिमको उद्घाटन समारोहमा वडा सचिव बिरेन्द्र साह ,महिला वडा सदस्य राजेश्वरी देवी , इन्द्र देवी सोनारी, दिपेन्द्र कुमार सोनार , उदय नारायण प्रसाद कुशवाहा, दिपक सुबेदी ,रामानन्द प्रसाद कुर्मी प्रशिक्षक सबिता शर्मा ,तुलसी शर्मासहायक प्रशिक्षकले प्रशिक्षण दिनुहुनेछ ।तालिममा ३० जना वडाका महिला सहभागीहरुको उपस्थिती रहेको थियो।सरिता सीप कला केन्द्र बीरगंजका अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको थियो।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni २ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ३ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *