For Youtvnepal long gif
  • Home
  • समाचार
  • माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेण्डा
Image

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ ।

उपलब्ध पदाधिकारीहरुबीच हिजो पनि छलफल भएको हो । आज पनि हुन्छ । खासमा यो नियमित भेटघाटमात्रै हो । यसले आधिकारिक निर्णय गर्ने भन्ने पनि होइन,’ माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजक सुर्य किरणले भने । नेताहरूका अनुसार मंगलबार विहान ८ बजेकालागि बैठक तय भएपनि प्रधानमन्त्रीको समय नमिलेपछि दिउँसो ३ बजेकालागि सारेर बैठक बसेको थियो ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ५ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ५ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *