For Youtvnepal long gif
  • Home
  • समाचार
  • ६ लघुवित्तद्वारा लाभांश घोषणा, कुनले कति दिए ?
Image

६ लघुवित्तद्वारा लाभांश घोषणा, कुनले कति दिए ?

काठमाडौं । अहिले लाभांश सिजन चलि रहेको छ । सेयर बजारमा उच्च मूल्य भएका लघुवित्त कम्पनीहरुले पनि लाभांश घोषणा गरी रहेका छन् । हालसम्म ६ लघुवित्तले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरी सकेको छन् ।

लाभांश प्रस्ताव एकदमै चासोको विषय पनि हो । कुन बैंक अथवा लघुवित्तले कति लाभांश दिने भए भन्ने विषयमा सबैको कौतुहलता पनि हुन्छ । अब नेप्सेमा सूचीकृत थप ४९ कम्पनीहरुले लाभांश घोषणा गर्ने बाँकी रहेको छ ।

आरएसडिसी लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले बुक क्लोजको मिति समेत तय गरी सकेको छ । जसका लागि कम्पनीले मसिर ७ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुले लाभांश पाउनेछन् । कम्पनीले लाभांश प्रस्ताव पारितका लागि मंसिर १५ गते बुटवलमा बस्ने गरी १०औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।

युनिक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १२.३५९९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करका लागि ०.६५०५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश  वितरण गर्ने भएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाले हाल कायम रहेको चुक्ता पुँजीको १४.२५प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशत नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *