Trending

६ लघुवित्तद्वारा लाभांश घोषणा, कुनले कति दिए ?

120Views
0 Shares

काठमाडौं । अहिले लाभांश सिजन चलि रहेको छ । सेयर बजारमा उच्च मूल्य भएका लघुवित्त कम्पनीहरुले पनि लाभांश घोषणा गरी रहेका छन् । हालसम्म ६ लघुवित्तले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरी सकेको छन् ।

लाभांश प्रस्ताव एकदमै चासोको विषय पनि हो । कुन बैंक अथवा लघुवित्तले कति लाभांश दिने भए भन्ने विषयमा सबैको कौतुहलता पनि हुन्छ । अब नेप्सेमा सूचीकृत थप ४९ कम्पनीहरुले लाभांश घोषणा गर्ने बाँकी रहेको छ ।

आरएसडिसी लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले बुक क्लोजको मिति समेत तय गरी सकेको छ । जसका लागि कम्पनीले मसिर ७ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुले लाभांश पाउनेछन् । कम्पनीले लाभांश प्रस्ताव पारितका लागि मंसिर १५ गते बुटवलमा बस्ने गरी १०औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।

युनिक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १२.३५९९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करका लागि ०.६५०५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश  वितरण गर्ने भएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाले हाल कायम रहेको चुक्ता पुँजीको १४.२५प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशत नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
30°
Partly Cloudy
5:29 am7:00 pm +0545
Feels like: 32°C
Wind: 5km/h ENE
Humidity: 50%
Pressure: 1006.43mbar
UV index: 0
11 pm12 am1 am2 am3 am
28°C
28°C
27°C
27°C
26°C
WedThuFriSatSun
41°C / 24°C
41°C / 25°C
43°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज


लोकप्रिय