For Youtvnepal long gif
  • Home
  • समाचार
  • पोर्चुगलमा दुतावास खोल्ने निर्णयको एनआरएनएले गर्यो स्वागत
Image

पोर्चुगलमा दुतावास खोल्ने निर्णयको एनआरएनएले गर्यो स्वागत

काठमाडौं । नेपाल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णयको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।संघका अध्यक्ष डा। बद्री केसी र महासचिव गौरीराज जोशीद्धारा शुक्रवार जारी विज्ञप्तिमा डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलकाबीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँस्थित २० हजार भन्दा बढी नेपालीहरुले राहत महसुस गरेको उल्लेख छ ।

विज्ञप्तिमा ु सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णयको गैरआवासीय नेपाली संघ हार्दिक स्वागत गर्दछ । सन् २००८ देखि नै प्रत्येक वर्ष संस्थागत रुपमै दूतावास स्थापनाको लागि संघले सरकारसँग माग गर्दै आएको थियो । सन् २००९ मा तत्कालिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको आतिथ्यतामा लिस्वनमा भएकोसंघको तेस्रो क्षेत्रीय बैठकमा पोर्चुगलमा दूतावास स्थापना गर्नुपर्ने एजेन्डा घनीभूत रुपमा अघि सारिएको थियो ।

त्यसपश्चात पनि लगातार भएका सबै यूरोपेली क्षेत्रीय बैठकमा संघले संस्थागत रुपमा पोर्चुगलमा दूतावास स्थापनाको लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलका बीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँस्थित २० हजार भन्दा बढी नेपालीहरुले राहत महसुस गरेका छन् । यससँगै दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीहरुले व्यहोर्दै आएको विभिन्न झन्झट समेत अन्त्य हुने विश्वास लिएका छौँ ।

यसका साथै पोर्चुगलमा स्थापना हुने नेपाली दूतावासमा सनिल नेपाल राजदूतमा सिफारिस हुनुभएकोमा पनि गैरआवासीय नेपाली संघ खुशी व्यक्त गर्दै उहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु उल्लेख छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *