Image

लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं, २४ असाेज । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-६ महाकाल बस्ने ३१ वर्षीय सोनाम राना मगरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३९ एम्पुल, बुप्रेनुरफिन इन्जेक्सन-४० एम्पुल, एबट ४३ एम्पुल र नगद २ हजार ९ सय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । उनले कोठामा लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७० केजीसहित राक्सिराङ गाउँपालिका-५ बस्ने २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युवराज प्रजालाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.५३ प ३९३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सोधपुछ गर्ने क्रममा हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको बा.१२ च ९७४२ नम्बरको गाडीमा गाँजा ल्याउदै गरेको खुल्न आएपछि उक्त गाडीको ढाला र क्याबिनमुनी ११ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी मोटरसाइकल चालक सन्देश र मोटरसाइकलमा सवार युबराजलाई पक्राउ गरेको हो । हाल फरार गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाकाे मेचीनगर नगरपलिका-१० गोरुहट्टिबाट अवैध लागूऔषध गाँजा १ केजी २ सय ७० ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय शेख सुवान मियालाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार हुँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले कोठामा राखेको उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

झापाबाटै, अवैध लागूऔषध ब्राउनसुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-२ बस्ने १९ वर्षीय निसान लिम्बु, सोही नगरपालिका-८ बस्ने २४ वर्षीय रिवज रनपहेली, दमक नगपरलिका-१ बस्ने २१ वर्षीय रूस्बिन लिम्बु भन्ने बिबेक फियाक लिम्बु र दमक नगरपालिका-२ बस्ने निश्चल भन्ने बिक्रम लिम्बु रहेको छन् ।

भद्रपुर नगरपालिका-३ स्थित मेची पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका निसान र रिवजलाई साईकलको सिटमुनी लुकाई राखेको १४ ग्राम १ सय ५० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । थप अनुसन्धानको क्रममा बिबेक र बिक्रमको समेत संलग्न रहेको खुल्न आएपछि ४ जनालाई नै पक्राउ गरेको हो ।

बाँकेकाे खजुरा गाउँपालिका-६ सिमलघारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय कालु सुनार र १४ वर्षीय किशोरलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । यसैगरी सोही गाउँपालिका-६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय  मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय मनोज बस्याल र २४ वर्षीय बादल नेपालीलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको  छ ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *